त्रिभुवन विमानस्थलबाट स्विट्जरल्याण्ड जान लागेका व्यक्तिसँग भेटियो नौ किलो चरेश

Advertisement

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत इस्तानबुल हुँदै स्विट्जरल्याण्ड जान लागेका एक व्यक्तिको साथमा झण्डै नौ किलो चरेश बरामद भएको छ ।

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका एसपी चक्रराज जोशीका अनुसार विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ ब्यागेज चेकिङ एरियामा माल्दोभाका नागरिक ४१ वर्षीय डेनिस कुक्रेभीको साथबाट अवैध लागूऔषध चरेश आठ किलो ७४० ग्राम बरामद भएको हो ।

Advertisement

ठमेलमा सय युरोमा आफूले चरेश किनेको बताउँदै अभियुक्तले ठमेलमा हिँड्दै गरेका बेला ‘चाहिन्छ ?’ भन्दै सोधेपछि आफूले किनेको प्रहरीलाई जवाफ दिएका छन् । टर्किस एयरलाइन्सको उडानमार्फत जान लागेका उनको लगेजभित्र फल्सबटम भेटिएको छ, जसमा खैरो रंगको प्लास्किले र्यापिङ गरेर चरेश लैजान लागिएको थियो । 

Advertisement

Advertisement