विगतमा जस्तो लोकसेवा पढ्नेका लागि मात्रै अब योजना बन्दैन्ः श्रेष्ठ

राष्ट्रिय योजना आयोगले सुरु गर्यो १६औं पञ्चवर्षीय योजनाको लेखन

Advertisement

काठमाडौं। राष्ट्रिय योजना आयोगले १६ औं पञ्चवर्षीय योजना लेखन सुरु गरेको छ । आयोगले मंगलबार पत्रकारहरुसँग सल्लाह सुझाव लिँदै योजना लेखनको तयारी सुरु गरेको जानकारी दिएको हो । 

पन्द्रौं पञ्चवर्षीय योजना २०७६–७७ बाट सुरु भएको थियो । यो योजना अब आगामी आर्थिक वर्ष २०८०–८१ मा सकिँदै छ । आर्थिक वर्ष २०८१–८२ बाट १६ औं योजना सुरु हुनेछ । यसकारण आयोगले १६औं योजना आगामी आर्थिक वर्षभित्र नै तयार गरिसक्नुपर्नेछ ।

Advertisement

कार्यक्रममा बोल्दै आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले लोकसेवा आयोगमा पढ्नका लागि मात्रै योजना नबन्ने दाबी गरे । आयोगकै औचित्यमाथि प्रश्न उठिरहँदा उनले १६औं योजनाले देशको मुहार फेर्ने दाबी गरे । श्रेष्ठले भने, ’सोह्रौं योजना लोकसेवा दिनेले पढ्ने मात्रै होइन्, समग्र देशकै विकासमा केन्द्रित भएर बन्नेछ ।’

छलफल कार्यक्रममा आयोगका प्रवक्ता तथा सहसचिव सुमन दाहालले १६ औं योजनाको खाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । चालु वर्षको बजेटमार्फत सरकारले राष्ट्रिय योजना आयोगको पुनःसंरचना गर्ने उल्लेख गरिएको छ । 

Advertisement