चौवालिस बर्ष कैद सजाय भएका फरार बलात्कारी पक्राउ

Advertisement

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ४४ बर्ष कैद सजाय भएका फरार प्रदिवादीलाई पक्राउ गरी कैद भुक्तानका लागि कारागार पठाएको छ । 

सीआईबीले प्रेस विज्ञप्तिमार्फत सूर्य थोकर भन्ने सूर्यबहादुर थोकरलाई पक्राउ गरी भिमफेदी कारागार पठाइएको बताएको हो । २०६८ असोज २६ गते राती अन्दाजी १ बजे तत्कालिन मकवानपुर छतिवन गाविस वडा नं। ९ दोभानस्थित ठुलीकान्छी बललाई गणेश घ्यावा, चेतबहादुर भोलन, सुर्य थोकरले निजको घरमा गई पालै पालो बलात्कार गरी धारिलो हतियारले घाँटी रेटी हत्या गरेको प्रहरीको भनाई छ ।

Advertisement

कर्तव्य ज्यान मुद्दामा मकवानपुर जिल्ला अदालतको २०७८ वैशाख ५ गतेको फैसलाले थोकरलाई ४४ बर्ष कैद सजाय सुनाए पनि उनी सुरुदेखि नै फरार थिए । उनलाई उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ स्थित गाईघाट क्षेत्रमा लुकिछिपि बसेको सुचनाका आधारमा खोजतलास खटिएको सीआईबीको टोलीले पक्राउ गरेको थियो । 

पक्राउ परेका थोकरलाई थप कानुनी कारवाहीका लागि मकवानपुर जिल्ला अदालतमा पेश गरिएको थियो । थोकर अहिले ३३ का छन् । 

Advertisement

Advertisement