ललिता निवास प्रकरणमा संलग्न काठमाडौं महानगरपालिकाका कर्मचारीहरु पक्राउ

Advertisement

काठमाडौं । ललिता निवास प्रकरणमा संलग्न काठमाडौं महानगरपालिकाका अधिकृतसहित तीन जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौं महानगरपालिकाका अधिकृत शिवजी भट्टराईसहित घमनकुमार कार्की र बाबुराजा महर्जनलाई पक्राउ गरेको हो । 

Advertisement

भट्टराई २०६० सालमा काठमाडौं महानगरपालिका– ४ का वडासचिव थिए भने कार्की २०६७ सालमा नापी कार्यालयमा थिए । महर्जन नक्कली मोही भएको बुझिएको जनाइएको छ । 

Advertisement

Advertisement