ट्विटरलाई ‘डाउन’ गर्न ‘थ्रेड्स’ ल्याउँदै फेसबुक, के छ विशेषता ?

Advertisement

काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले ट्विटरसँग ‘थ्रेड्स’ ल्याउने भएको छ । ट्विटर कै प्रकृतिको यो सामाजिक सञ्जालको एप्लिकेशनमा ट्विटरको भन्दा थप सुविधाहरु हुनेछ ।

फेसबुकको यो ‘टेक्स–बेस्ड कन्भर्सेसन’ एप शुभारम्भ गर्ने अन्तिम तयारीमा फेसबुक रहेको छ । विश्वका ठूला र प्रतिस्पर्धी डिजिटल कम्पनीहरुबीच प्रतिस्पर्धा चलिरहेको बेला फेसबुकले ट्विटरलाई ‘डाउन’ गर्न ‘थ्रेड्स’ ल्याउन लागेको रुमपा अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले समाचार लेखेका छन् । 

Advertisement

ट्विटरको स्वामित्व विश्वका ठूला धनाड्यमध्येका एक एलन मस्कले किनेपछि यसमा लेख्नसकिने शब्दहरु घटाइएको छ । थप सुविधा लिन पैसा खर्च गर्नुपर्ने ‘ब्ल्यु टिक’ बाध्यकारी व्यवस्था गरिएको छ । फेसबुकले ल्याउन लागेको नयाँ एप्लिकेशन एप्पल स्टोरमा प्रिअर्डरको लागि उपलब्ध छ । 

‘थ्रेड्समा इन्स्टाग्रामलाई पनि लिंक गरिने छ । ट्विटरका मालिक मस्कले नयाँ प्रोडक्ट ल्याउन लागेको संकेत दिएपछि जुकरबर्गले हतार हतार ‘थ्रेड्स’ ल्याउन लागेको खुलासा गरेका हुन् । मस्कले ल्याउन लागेको प्रोडक्ट के कस्तो हुनेछ ? खुल्न सकेको छैन् ।  


केही साताअघि मेटाका मालिक मार्क जुकरबर्ग र ट्विटरका मालिक एलन मस्क ‘केज फाइट’का लागि तयार भएको सामाजिक सञ्जालबाट सन्देश दिएका थिए । विश्वमै बढी जोखिमपूर्ण मानिएको केज फाइट अर्थात मिक्स्ड मार्सल आर्ट (एमएमए) लड्न आफूहरु तयार रहेको बताएका हुन् । आउँदो अक्टोवर महिनामा हुने भनिएको यो फाइट वास्तविक भन्दा पनि व्यवसायिक प्रवर्द्धन र मनोरञ्जनतर्फ लक्षित देखिन्छ ।

Advertisement

Advertisement