ललिता निवासलगायतका प्रकरणमा संलग्नहरुलाई पक्राउ गर्न प्रहरीले मलाई सोध्नुपर्दैन्ः गृहमन्त्री

Advertisement

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवासको सरकारी जग्गा अनियमितता प्रकरण लगायतका भ्रष्टाचारमा संलग्नहरुलाई पक्राउ गर्न प्रहरीले आफूलाई सोध्नुनपर्ने बताएका छन् । 

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भ्रष्टाचार प्रकरणहरुको अनुसन्धानमा सरकार निर्भिकतापूर्वक अघि बढ्ने बताउँदै यस्ता प्रकरणमा मुछिएकाहरुलाई पक्राउ गर्न आफूलाई सोध्नुनपर्ने बताएका हुन् । 

Advertisement

श्रेष्ठले अनुसन्धान गरिरहेको प्रहरीलाई पनि दोषी नउम्किन् र निर्दोष नफसुन् भनेर निर्देशन दिइएको बताउँदै अनुसन्धानको क्रममा कुनै व्यक्तिलाई पक्रिने कि नपक्रिने वा अनुसन्धान गर्ने कि नगर्ने भनेर आफूलाई प्रहरीले सोध्न नपर्ने बताए ।

उनले भने, ‘कानुनको दायरामा ल्याउने काममा निर्भिकतापूर्वक अगाडि बढ्नुपर्छ । व्यक्तिको बारेमा सोच्नुपर्दैन । गो अहेड भनिएको छ । पुलिसलाई भनिएको छ, तपाईंहरु अझै अनुसन्धान गर्नुस् ।’

एउटा– एउटा केसमा र एउटा–एउटा व्यक्तिको बारेमा आफूले निर्देशन नदिने श्रेष्ठको भनाई छ । उनले जो अपराध छ, दुष्कर्म छ, ठगी छ, ती सब गतिविधिहरुका विरुद्ध अगाडि बढ्नुस्, स्वच्छ अनुसन्धान गर्नुस् भनेर भनिएको छ भन्दै तथ्य र प्रमाणले पुष्टि गर्छ भने तिनलाई कानुनको दायरामा ल्याउन प्रहरीले आफूलाई सोधिरहन नपर्ने बताए । 

Advertisement

Advertisement