राजश्व अनुसन्धानको टोलीद्धारा त्रिभुवन विमानस्थलमा एक अर्बभन्दा बढीको सुन बरामद

Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्मकै ठूलो परिमाणमा अवैध सुन बरामद भएको छ ।

राजश्व अनुसन्धान विभागको टोलीले बुधबार विमानस्थलबाट अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद गरेको हो । बरामद भएको सुनको मूल्य एक अर्बभन्दा बढी पर्ने विभागको प्रारम्भिक अनुमान छ ।

Advertisement

सेटिङमा सुनको तस्करी हुँदै आएको त्रिभुवन विमानस्थलमा राजश्व अनुसन्धानले यति धेरै सुन बरामद गरेको हो । जबकी विमानस्थलमा भन्सार विभाग, अध्यागमन विभाग, प्रहरीको युनिटहरु रहेको हुन्छ । 

आज बुधबार दिउसो विभागको टोलीले तयारी पोषाक, गार्मेन्टलगायतको कार्गो निरीक्षणका क्रममा सुन फेला परेको विभागले जानकारी दिएको छ । तौल र मूल्याङ्कन गर्दा यसको मूल्य एक अर्बभन्दा बढी पर्ने देखिएको हो । यसअघि सबैभन्दा धेरै ८८ किलो अवैध सुन बरामद भएको थियो । 

Advertisement

Advertisement