सुन तस्करीमा मेरो संलग्नता छैन्ः गृहमन्त्री

Advertisement

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रुपमा सुन भित्र्याउने जोकोहीलाई पनि कारबाही हुने बताएका छन् । 

शुक्रबार बिहान सो विमानस्थलको अध्यागमन विभाग र भन्सार कार्यालयको अनुगमन गरेपछि उनलाई सञ्चारकर्मीले सुन तस्करीमा बालकोट, बालुवाटार र बुढानिलकण्ठको पनि मिलेमतो हुने गरेको छ नि ? भन्ने प्रश्न गरेका थिए । उक्त प्रश्नमा श्रेष्ठले भ्रष्टाचार र अपराध अनुसन्धानमा आफूले कुनै कोट, टार वा पार्टी नहेर्ने बताए । 

Advertisement

उनले सुनको अवैध धन्दाजस्ता अपराधिक क्रियाकलाप आगामी दिनमा पुनरावृत्ति नहुने गरी नयाँ योजना ल्याउने घोषणा समेत गरे । श्रेष्ठले सुन तस्करीलगायतका अपराध नियन्त्रण गर्न सरकारले सचेतता, सावधानी र गम्भिर्यता अपनाउन नसकेको स्वीकार गर्दै आईन्दा त्यस्तो अवस्था आउन नदिने बताए । 

उनले वर्तमान सरकारले भ्रष्टाचारलगायतका गतिविधिलाई अन्त्य गर्ने अभियान सुरु गरेको र त्यसलाई निष्कर्षमा पुर्याएरै छाडने समेत बताए । मन्त्री श्रेष्ठले आफूलाई सो सुन प्रकरणमा आफूलाई मुछ्न नमिल्ने बताए । 

आफूलाई भ्रष्टाचार विरोधी अभियानबाट हच्काउन सो प्रकरणमा मुछ्ने प्रयास गरिएको उनको भनाई थियो । श्रेष्ठले भने, ‘अहिले जोसुकै भए पनि अब अन्तर्राष्ट्रिय विमानस्थल त्यसमा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाम्रो मुख्य विमानस्थल हो । यसले ५–६ वटा कुरामा हामीलाई असर पार्छ । एउटा राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय सुरक्षाको निम्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाम्रो निगरानी, भूमिकाले धेरै अर्थ र महत्व राख्छ भन्ने कुरा तपाईंहरु सबैलाई थाहा नै छ । तेस्रो कुरा राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय सुरक्षा पछाडि यसको अपराध नियन्त्रणको कुरा, अपराधीहरु हाम्रो देशमा अपराध गरेर बाहिर जाने स्थिति नहोस वा बाहिर अपराध गरेर यहाँ आउने स्थिति नहोस् र अपराधको अन्तर्राष्ट्रिय करणलाई यसले सघाउ पुर्याउन नजाओस् । हामीले त्यसको नियन्त्रणमा भूमिका खेल्न सकौं । यो प्रकारको भूमिका पनि खेल्नुपर्ने हुन्छ ।’ 

उनले भने, ‘चौंथो कुरा अब हामीले भन्सार राजश्वमार्फत् देशमा राजस्व संकलनको काम पनि गरेका छौं । यसको भूमिका पनि हुन्छ । त्यहाँ पनि लिकेज हुने कामद्धारा राष्ट्रलार्य नोक्सानी पु¥याउने हुनु भएन । त्यसमा पनि हाम्रो ध्यान जानु पर्दछ  भने अर्कोतिर चाँही हाम्रो पर्यटन क्षेत्रतिर कस्तो भूमिका खेल्ने भन्ने चाँही यो अन्तराष्ट्रिय विमानस्थलमा हाम्रो व्यवहारहरुले असर पार्छ । पार्छ । हामी एकदम आउन साथ राम्रोसँग स्वागत गर्छौ कि गर्दैनौं ? व्यवस्थापन सरल र प्रविधिमैत्री बनाउँछौं कि बनाउँदैनौं ? यहाँको सुरक्षा उनीहरुलाई ठिक लाग्छ कि लाग्दैन ? भन्ने कुराले पर्यटन प्रवद्र्धनमा पनि यसले असर पार्छ ।’ 

मन्त्री श्रेष्ठले सुन प्रकरणबारे छानविन गर्न भन्सार विभागले समिति गठन गरेको उल्लेख गर्दै उसले नै छानविनको काम गर्ने र त्यसमा सघाउ पुर्याउनका लागि सम्बन्धित निकायलाई आफूले निर्देशन दिएको पनि बताए । उनले आफूले अनुगमनको क्रममा अध्यागमन विभाग र भन्सार विभागको कामबारे सामान्य जानकारी लिएको बताए । 

श्रेष्ठले भन्सार कार्यालयमा चेकजाँचका लागि प्रहरी परिचालन गर्नका लागि छिट्टै सरकारले आवश्यक निर्णय लिने पनि बताए ।

Advertisement

Advertisement