सत्ताधारी साँसदले नै सुन तस्करीमा गृहमन्त्री र अर्थमन्त्रीलाई दोषी औंल्याउँदै राजीनामा मागे

Advertisement

काठमाडौं । प्रतिनिधिसभामा सत्ताधारी साँसदले नै सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्री दोषी रहेको भन्दै उनीहरुको राजीनामा मागेका छन् । 

संसदमा बोल्दै कांग्रेसकै सांसद सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरेका हुन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक क्वीन्टल सुन बरामद भएको घटनामा भरियामात्र पक्राउ गरेको र मुख्य दोषी पक्राउ गर्न न सकेको भन्दै यस घटनाको मुख्य नाइकेलाई पक्राउ गर्छु भनेर समय माग्नुपर्ने नभए मुख्य नाइके पक्राउ गर्न गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताए । 

Advertisement

शर्माले भने, ‘उहाँहरुले भरियामात्र होइन, मुख्य दोषीलाई पक्डियौं भन्नुपर्थ्यो, समय लिने हो भने ३ दिन ५ दिनभित्र समात्छु भन्न सक्नुपर्थ्यो । होइन भने अनुसन्धान प्रक्रिया सहज बनाउन, सुनको मालिक पत्ता नलागेसम्म उहाँहरुले राजीनामा दिनुपर्छ ।’

उनले प्रधानमन्त्री पुषपकमल दाहाल फर्केपछि आफू यो विषय उठाएर आमरण अनसन बस्ने पनि बताए ।

Advertisement

Advertisement