भरियालाई समातेर सुन तस्करका नाइकेलाई उम्काउने प्रयास हुँदैछः लिङदेन

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भरिया पक्राउ गरेर सुन तस्करीका नाइकेहरुलाई उम्काउने प्रयास भइरहेको आशंका गरेका छन् । 

बुधबार संसदमा बोल्दै उनले नेपाल सुन तस्करको ट्रान्जिट प्वाइन्ट बनेको बताउँदै यसका नाइकेहरुलाई संरक्षण गर्ने काम गर्न नहुने बताए । लिङदेनले सुन तस्करीका विषयमा अहिले भइरहेको अनुसन्धान झारा टार्ने किसिमको मात्र भएको बताए ।

Advertisement

उनले भने, ‘भरिया पक्रेर सुन तस्करीका नाइके संरक्षण गर्ने, हामीले यति काम त गर्‍यौं नि भन्ने काम नहोस् । अहिले जुन ढंगले अनुसन्धान प्रक्रियाका नाममा झारा टार्ने काम भएको छ, यसरी हुँदैन् । विशेष आयोग, छानबिन आयोग बनाएर अनुसन्धान अघि बढाइयोस् भन्न चाहन्छु ।’

नेता लिङदेनले अहिले पनि सरकारले थाहा पाएर सुन तस्करीमा संलग्नहरु पक्राउ नपरेको बताउँदै थपे, ‘अरु देशले सूचना दिएपछि पक्राउ गरेको हो’ उनले भने, ‘ बाह्य दबाब र सूचनाका आधारमा कसैलाई देखाउनका लागि मात्र सुन पक्राउ गरेको हो ।’

लिङ्देनले विमानस्थल भन्सारबाट सय किलो सुन प्रवेश गराइनु सामान्य विषय नभएको बताए । उनले समाजलाई ठीक दिशामा ल्याउन यो घटनाको अनुसन्धान जरासम्म पुर्‍याउनुपर्ने बताए । लिङ्देनले सेनाको संख्या घटाउने कुरा आएकोमा आपत्ति जनाउँदै भूराजनीतिक परिस्थितिमा आएको फेरबदललाई दृष्टिगत गरेर सेनाई सशक्त बनाउनुपर्ने बताए । 

Advertisement

Advertisement