अवैध अन्तर्राष्ट्रिय कल तथा एसएमएस बाईपासमा संलग्न तीन जना पक्राउ

Advertisement

काठमाडौं । अवैध अन्तर्राष्ट्रिय कल तथा एसएमएस बाईपासमा संलग्न गिरोहका तीन जना सदस्यहरुलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ । 

प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ क्याम्पस रोडमा अवैध कल बाईपासको काम गर्दै आएका दुई नेपाली र एक भारतीयलाई पक्राउ गरिएको हो । उनीहरुले विगत चार महिनादेखि यो काम गर्दै आएको जनाइएको छ । 

Advertisement

शंकास्पद गतिविधि भइरहेको गोप्य सुचनाका आधारमा सीआईबीको टोली, नेपाल टेलिकमका प्रतिनिधि र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका टोलीले बुधबार जंगबहादुर मल्ल र दिनेश मल्लको पाँचौं तल्लामा जनमराज जोशीले भाडामा लिएको कोठामा छापा मारेको थियो । 

उनीहरुले नेपाल टेलिकमको एसआईपी पीबीएक्स कनेक्शन गरी कलबाईपास गर्दैआएको सीआईबीको भनाई छ । पक्राउ पर्नेमा भारतीय गुल्जार अहमद, कञ्चनपुर दोधारा चाँदनीका प्रवीण खड्का, सोही जिल्ला महेन्द्रनगरका दीपक सिंह बोहोरालाई पक्राउ गरिएको हो । 

उनीहरुबाट नेपाल टेलिकमको ल्याण्डलाइन नम्बर ०९९५९७००० को ६० लेन क्षमताको सीईपी पीबीएक्स कनेक्सन्, गेटवे सर्भर सीपीयू, एनटीसी राउटर, मोनिटर, दुई वटा ल्याबटप, दुई वटा ल्यानकेवल, तीन वटा मोवाइल, यूपीएस र ब्याट्री, मल्टिप्लग बरामद गरिएको छ । 

Advertisement

Advertisement