सुन लुकाएको हुनसक्ने आशंकामा राजश्व अनुसन्धानद्धारा चिनियाँ व्यापारीको फ्ल्याटमा छापा

Advertisement

काठमाडौं । राजश्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक जिक्वान लिन बसेको फ्ल्याटमा बिहीबार छापा मारेको छ ।

अनुसन्धान टोलीले आज दिउसो उनले लाजिम्पाटस्थित भाडामा लिएको घरमा छापा मारेको हो । तर उक्त घरबाट कुनै पनि शंकास्पद वस्तु फेला नपरेको राजश्व अनुसन्धान स्रोतले जानकारी दियो । 

Advertisement

उनका अनुसार प्रकरण सार्वजनिक भएपछि उक्त घरबाट सामान निकालिसकेको हुनसक्ने आशंका गरिएको छ । राजश्व अनुसन्धान विभागको टोलीले बुधबार स्रोह्रखुट्टेस्थित रेडी ट्रेड नामक कम्पनीको गोदाममा छापा मारी ६६ कार्टुन ब्रेक सु नियन्त्रणमा लिएर परीक्षण गरेको थियो । परीक्षण गर्दा सुन नभेटिएको विभागको दावी छ । 

Advertisement

Advertisement