प्रहरीले गृहमन्त्री र अर्थमन्त्रीमाथि छानविन गर्न नसक्ने

सुन तस्करी छानबिन लागि अधिकारसम्पन्न उच्चस्तरीय समिति बनाउः लेखा समिति

Advertisement

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले सुन तस्करी प्रकरणबारे छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

आईतवार सिंहदरबारमा बसेको बैठकले सुन तस्करी प्रकरणबारे निष्पक्ष छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको हो । समितिको बैठकपछि कुरा गर्दै समिति सचिव एकराम गिरीले विमानस्थलबाट गैरकानूनी रुपमा भित्रिएको सुन प्रकरणमाथि स्वतन्त्र, निष्पक्ष छानबिन गर्न अधिकार सम्पन्न एक उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय भएको जानकारी दिए । 

Advertisement

समितिका ज्येष्ठ सदस्य अर्जुननर सिंह केसीको अध्यक्षतामा बसेको बैठकमा सांसद्हरुले सुन तस्करीमा संलग्नलाई कानूनी दायरामा ल्याउनुपर्ने बताएका थिए । एमालेका साँसदहरुले प्रहरीले गृहमन्त्री र अर्थमन्त्रीमाथि छानविन गर्न नसक्ने भएकाले उच्चस्तरीय समिति चाहिने भन्दै त्यसका लागि सरकारलाई ध्यानाकर्षण होइन् निर्देशन नै दिनुपर्ने अडान राखेका थिए । 

सचिव गिरीले भने, ‘हालसालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गैरकानूनी रुपमा भित्रिएको सुन प्रकरणमाथि स्वतन्त्र निष्पक्ष छानबिन गर्न अधिकारसम्पन्न एक उच्चस्तरीय छानबिन समिति गठन गर्न गराउन सरकारलाई ध्यानाकर्षण गराउने निर्णय भयो ।’

Advertisement

Advertisement