सीआईबीले त्रिवि भन्सारबाट रेडी ट्रेडको तथ्यांक लियो, अनुसन्धान अधिकृतमा प्रवक्ता थापा

Advertisement

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान अधिकृत तोकेर सुन तस्करीको अनुसन्धान सुरु गरेको छ ।

प्रहरीले सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जय थापालाई अनुसन्धान अधिकृत तोकेको हो । अनुसन्धान अधिकृत तोकेसँगै प्रहरीले अध्ययनलाई तीब्र बनाएको छ । सीआईबीले आइतबार नै त्रिवि भन्सार कार्यालय पुगेर आवश्यक तथ्यांक लिएको छ ।

Advertisement

विषेशगरी दुई पांग्रे सवारी साधनको ब्रेक सु भनेर अवैध सुन ल्याउने रेडी ट्रेड प्रा.लि.को बारेमा आफूहरुले विस्तृत सुचना लिएको सीआईबीको भनाई छ । 

गत साउन २ गते राजश्व अनुसन्धान विभागले त्रिवि भन्सार कार्यालयको गेटबाट बरामद गरेको ब्रेक सुमा सुन भेटिएको थियो ।

उक्त सुन अनुसन्धानमा अन्तरदेशीय तस्करी सञ्जालको संलग्नता रहेको भन्दै राजश्व अनुसन्धान विभागले आइतबार सीआईबीलाई फाइल, बयान र आरोपीहरु बुझाएको छ ।

Advertisement

Advertisement