गौरमा भएको विभत्स हत्याकाण्ड छानविन गर्दा शान्ति र सदभाव बिग्रिने जसपाको जिकिर

Advertisement

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले गौरमा भएको विभत्स हत्याकाण्ड छानविन गर्दा शान्ति र सदभाव बिग्रिने जिकिर गरेको छ र 

सरकार र गौर हत्याकाण्डका पीडितबीच भएको सम्झौताले मुलुकको शान्ति, स्थिरता र सद्भावलाई बिथोल्ने काम गरेको भन्दै सो पार्टीले आपत्ति जनाएको हो । 

Advertisement

सत्तामा समेत रहेको जसपाले राजनीतिक सन्दर्भ परिवर्तन भइसकेको अवस्थामा त्यस प्रकारको सम्झौता हुनु दुःखद् भएको बताएको छ । उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेसी जनअधिकार फोरमले तत्कालिन माओवादीका दुई दर्जनभन्दा बढी कार्यकर्तालाई निर्ममतापूर्वक हत्या गरेका थिए । यादवले अहिले जसपाको नेतृत्व गरिरहेका छन् । उक्त घटनामा उनलाई मुख्य दोषीको रुपमा औल्याइएको छ । 

गृह मन्त्रालय र रुपसागरदेवी उपाध्यायबीच भएको सहमतिले मुलुकको शान्ति, स्थिरता र सद्भावना बिथोल्ने काम गरेको भन्दै सो घटना हुनुमा तत्कालीन माओवादीको मधेशमुक्ति मोर्चाका महासचिव प्रभु साह दोषी रहेको दाबी गरेको छ । 

विभिन्न स्थानमा माओवादीले आफ्ना सभाहरुमा आक्रमण गरेको र गौरमा १२ दिनअघि नै कार्यक्रम गर्न स्थानीय प्रशासनबाट स्वीकृत लिए पनि माओवादीले त्यसको २ दिनअघि सो स्थानमा कार्यक्रम राखेर भीडन्तको अवस्था सिर्जना गरेको दावी गरेको छ । 

जसपाले सो घटनाको सन्दर्भमा गठन भएका विभिन्न छानबिन आयोगहरुको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग पनि गरेको छ । सो पार्टीले माओवादीले उक्साएर तत्कालीन फोरमका अध्यक्ष उपेन्द्र यादवसहित सयकडौं विरुद्ध जाहेरी दिन लगाएको पनि आरोप लगाएको छ । 

सरकार तथा गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच गत मंगलबार ५ बुँदे सहमति भएको थियो । जसमा गौर हत्याकाण्डमा संलग्न रहेकाहरुमाथि अनुसन्धान गर्ने सहमति भएको थियो । राजनीतिक आन्दोलनको क्रममा सो घटना भएको भन्दै जसपाले अनुसन्धान गर्ने सहमतिप्रति आपत्ति जनाउँदै आएको छ । २०६३ चैत ७ गते रौतहटको गौरस्थित राइसमिल चौरमा भएको घटनामा २७ जना माओवादी कार्यकर्ताहरु मरिएका थिए । उनीहरुमध्ये कतिपयको योनीमा लौरो छिराइएको, कतिपयको स्तन काटिएको, कतिपयलाई मन्दिरमा लगेर पोलिएको बताइँदै आएको छ । 

Advertisement

Advertisement