हाम्रो नक्कली लेटरप्याड बनाएर ठगी गरियोः उद्योग विभाग

Advertisement

काठमाडौं । उद्योग विभागको लेटरप्याड दुरुपयोग हुन थालेको छ । स्टार्टअप उद्यम कर्जासम्बन्धी कर्जाका लागि आफ्नो नक्कली लेटरप्याड प्रयोग भएको विभागले जनाएको हो । 

नक्कली लेटरप्याड प्रयोग गरी स्टार्टअप उद्यम कर्जाका सम्बन्धमा विभिन्न व्यक्तिहरुलाई पत्र बनाई वितरण गरिएको भन्दै विभागले आफूले गत चैत १६ मा प्रकाशित सूचनाबमोजिम पेश भएका आवेदनहरुका सम्बन्धमा अन्तिम मूल्याङ्कन भइनसकेको जनाएको छ । 

Advertisement

नक्कली पत्र वितरण गर्ने उपर छानविन समेत भइरहेको विभागको विज्ञप्तिमा उल्लेख छ । यस्ता व्यक्तिहरुबाट सावधान रही ठगी कार्यबाट सतर्क रहन आग्रह गर्दै विभागले विभिन्न बहाना बनाएर आवेदकसँग पटक पटक कागजात मागिरहेको खुलासा गरेको छ । 

सरकारले स्टार्टअप कार्यविधि बनाएर तीन वर्षअघि नै काम अघि बढाउन सहुलियत ऋण उपलब्ध गराउन सुरु गरेको थियो । नीतिगत तहमा बस्ने कर्मचारीहरुको ढिलासुस्तिले गर्दा हालसम्म कार्यक्रम सुरु हुन सकेको छैन् ।

 

Advertisement

Advertisement