सुन तस्करी प्रकरणः थप चार जना चिनियाँ पक्राउ, तर महरा पक्राउ परेनन्

Advertisement

काठमाडौं । पछिल्लो सुन तस्करी प्रकरणसँग कनेक्सन देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले थप चार जना चिनियाँलाई पक्राउ गरेको छ । 

सीआईबीले ६० किलोभन्दा बढी अवैध सुन तस्करीमा संलग्न रहेको आशंकामा आज उनीहरुलाई पक्राउ गरी थुनामा राख्न अनुमतिका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ । 

Advertisement

प्रहरीका केन्द्रीय प्रवक्ता कवेर कडायतका अनुसार पक्राउ परेका चिनियाँहरुलाई थुनामा राख्न म्याद थपका लागि आग्रह भएको छ । सुन तस्करी र संगठित अपराध कसुरमा यसअघि १८ जनालाई पक्राउ गरिसक्किएको छ । 

ब्रेक सु भनेर सुन तस्करी गर्ने कार्यमा संलग्न रहेको आशंकामा मानिसहरु पक्राउ परे पनि सोभन्दा अघिको सुन तस्करी प्रकरणमा संलग्न रहेको प्रमाणहरु समेत बाहिर आउँदा समेत सीआईबीले पूर्वसभामुख तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र उनका छोरालाई भने अहिलेसम्म पक्राउ गर्न सकेको छैन् । 

Advertisement

Advertisement