श्रमिकलाई सरकारले बृद्धि गरेको न्यूनतम पारिश्रमिक दिन सक्दैनौंः परिसंघ

Advertisement

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल सरकारले बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक दिन सक्ने अवस्थामा उद्योगी व्यवसायी नरहेको प्रतिक्रिया दिएको छ ।

परिसंघले आज विज्ञप्ति प्रकाशित गरी उक्त प्रतिक्रिया जनाएको हो । सरकारले हिजोमत्रै नेपाल राजपत्रमा सूचना प्रकाशित गरी श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजारबाट बढाएर १७ हजार ३ सय पुर्याएको थियो । 

Advertisement

अर्थतन्त्र मन्दीमा छ । उच्च ब्याजदर, न्युन माग, न्युन उत्पादनका कारण निजी क्षेत्रकोे मनोबल घट्दो छ । उद्योगहरुको प्रकृति अनुसार उत्पादनमा ७० प्रतिशतसम्म गिरावट आएको छ । उद्योगी व्यवसायीहरुले लगानीका योजना स्थगन गरिरहेका छन् । 

अर्थतन्त्र शिथिल बन्दै जाने, आन्तरिक उत्पादन नबढ्ने, उत्पादन भएपनि माग नहुने तर उत्पादन लागत बढ्दा त्यसको थप भार उद्योगहरुमाथि पर्नेछ । श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने चाहना हुँदा हुँदै पनि विद्यमान समस्याका कारण हाल बढाइएको पारिश्रमिक दिन सक्ने अवस्थामा निजी क्षेत्र नरहेको परिसंघले विज्ञप्तिमा उल्लेख गरेको छ । 

‘विद्यमान चुनौतीपूर्ण अवस्थामा सुधार ल्याइ अर्थतन्त्रलाई चलायमान बनाउन, समग्र बजार माग बढाउने नीति अलम्बन गर्न, उत्पादन लागत घटाउने तथा निजी क्षेत्रको मनोबल बढाउनेतर्फ अग्रसर हुन सबै सरोकारवाला समक्ष परिसंघ अनुरोध गर्दछ ।’, विज्ञप्तिमा भनिएको छ । 

सरकारले श्रमिकको न्यूनतम् पारिश्रमिक वृद्धि गरेर १७ हजार ३०० पुर्यायो, दैनिक र घण्टाको कति ?

 

 

Advertisement

Advertisement