चीनमा सय भन्दा बढी सेतो ओठ भएका लोपोन्मुख हिरणहरु फेला

Advertisement

काठमाडौं । उत्तरपश्चिम चीनको ग्रान्स प्रान्तस्थित किलियन माउण्टेन नेशनल नेचर रिजर्भमा सय भन्दा बढी सेतो ओठ भएको हिरणहरु फेला परेका छन् । 

सेतो ओठ भएको हरिण पहिलो श्रेणीको राष्ट्रिय सुरक्षाअन्तर्गत पर्दछ । यो प्रजाति तीन हजारदेखि पाँच हजार मिटरसम्मको उचाईमा बस्छ । यो मुख्यतया छिङहाई तिब्बत पठार र त्यस वरपरका क्षेत्रमा उच्च स्थानका घाँसे मैदानहरुमा पाइन्छ । यसलाई प्रकृति संरक्षणको लागि अन्तर्राष्ट्रिय संघ (आइयुसीएन)ले लोपोन्मुख जनावरमा राखेको छ । सिन्ह्वा–नान

Advertisement

Advertisement

Advertisement