अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

Advertisement

काठमाडौं । अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतर्ले  अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले अभिनेता केसीलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । आपराधिक विश्वासघात गरेको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई शुक्रवार (असोज १२) मा पक्राउ गरेको थियो । 

Advertisement

पक्राउ गरेको दिनबाट आईतवार सम्म मात्र थुनामा राख्न अदालतले अनुमति दिएको हो । अनमोललाई पुन ः सोमवार अदालतमा उपस्थित गराउनुपर्छ । रावायण फिल्म खेल्छु भनेर १० लाख पेस्की लिएर खेल्न आनाकानी गरेपछि निर्माण युनिटले उनीबिरुद्ध ‘आपराधिक विश्वासघात’ गरेको कसुरमा जाहेरी दिएका थिए ।

Advertisement

Advertisement