भायानेटले ल्यायो १२५ एमबीपीएस इन्टरनेट वार्षिक ८,४०० रुपियाँमा

Advertisement

काठमाडौं । नेपालको पहिलो फाइबर इन्टरनेट, आइपीटीभी र मल्टि–गिग इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १२५ एमबीपीएसको इन्टरनेट सेवा वार्षिक ८,४०० रुपियाँको सुपथ मूल्यमा सार्वजनिक गरेको घोषणा गरेको छ । साथै महान चाड दशैं र तिहारको पावन अवसरमा भायानेटले आफ्ना ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका होम एप्लायन्समा ५० प्रतिशतसम्मको छुट पनि उपलब्ध गराउने भएको छ।

भायानेटको ‘चाडमा चौका’ चाडपर्व अभियानमा ग्राहकहरूले अब प्रतिवर्ष भ्याट बाहेकको रु ८४०० मा १२५ एमबीपीएस इन्टरनेटको मज्जा लिन सक्नेछन्, जुन बजारमा उपलब्ध यो स्पीडको इन्टरनेटका लागि प्रस्ताव गरिएको सबैभन्दा कम मूल्य हो । यसका साथै भायानेटले यस अभियान अवधिभर २०० एमबीपीएस र ३०० एमबीपीएस प्याकेजका लागि पनि छुट ल्याएको छ ।

Advertisement

यस अफरलाई अझ गतिशील बनाउन भायानेटले आफ्ना ग्राहकहरूलाई विशेष छुट उपलब्ध गराउन लोकप्रिय ब्रान्ड अल्टिमा र हिमस्टारसँग साझेदारी गरेको छ। वार्षिक इन्टरनेट योजनाहरू छनौट गर्ने भायानेट ग्राहकहरू चार लोकप्रिय इलेक्ट्रोनिक उत्पादनहरूको खरिदमा ५० प्रतिशतसम्म छुटका लागि योग्य हुनेछन् । त्यसैले यस अभियानको नाम ूचाडमा चौकाू राखिएको छ । छुट प्राप्त हुने चार वस्तुहरूमा अल्टिमा वायरलेस इयरबड्स, हिमस्टारको स्मार्ट टिभी, रेफ्रिजरेटर र वासिंग मेसिन रहनेछन् । चाडपर्वको अवधिमा यी वस्तुहरु नेपालीहरूका बीचमा लोकप्रिय हुन्छन् र ज्यादा खरिद गरिन्छन्। दशैंको समयमा यी वस्तुहरु घरमा जोड्दा चाडपर्वको रौनक अझै धेरै बढाउन मद्दत गर्दछ ।

मङ्सिर ९ गतेसम्म मान्य रहने यो अफरले ग्राहकहरूलाई उच्च गतिको इन्टरनेट र भायानेटबाट प्राप्त हुने विशेष छुटको आनन्द लिँदै आफ्नो स्मार्ट घरको स्तरवृद्धि गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ । 

अफरमा उपलब्ध छुटहरू 
–अल्टिमा वायरलेस इयरबड्स भ्याटसहितको मूल्य रू। १२२५ सम्ममा उपलब्ध छ ।
–हिमस्टार ४३ इन्च स्मार्ट टिभी भ्याटसहितको मूल्य रु २७,५०० सम्ममा उपलब्ध छ ।
–हिमस्टार ५५ इन्च स्मार्ट टिभी भ्याटसहितको मूल्य रू. ५४,००० सम्ममा उपलब्ध छ ।
–हिमस्टार रेफ्रिजरेटर भ्याटसहितको मूल्य रू. १७,५१० सम्ममा उपलब्ध छ ।
–हिमस्टार वाशिङ मेसिनस् भ्याटसहितको मूल्य रू. ४१,२०० सम्ममा उपलब्ध छ ।


 

Advertisement

Advertisement