टाटा मोटर्सको ‘बडा दशैं बडा अफर’, सात लाख तीस हजारसम्मको फाईदा

Advertisement

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले बिजया दशमी, तिहार र छठ पर्वको अवसरमा नयाँ गाडी खरिदकर्ताहरुलाई ‘टाटा मोटर्स बडा दशैं बडा अफर’ सार्वजनिक गरेको छ । 

उक्त योजना अन्तर्गत ग्राहकहरुले टाटा आइस रेञ्जका गाडीको खरिदमा रु सात लाख तीस हजार सम्मको फाईदा प्राप्त गर्न सक्नेछन् । यस योजनामा नगद छुट,  वार्षिक सवारी करमा छुट, एक वर्षको बीमा सुविधा, एक्सचेन्ज बोनस र एक्सेसरिजहरु प्राप्त गर्न सक्नेछन् । यसका साथै टाटा इभी गाडीहरुमा पनि आकर्षक अफरहरु रहेको कम्पनीले जनाएको छ । 

Advertisement

बडा दशैंको अवसरमा ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, सफारी, नेक्सन, टियागो, टिगोर, पन्च, नेक्सन इभी, टिगोर इभी र टियागो इभी लगायतका आइस र इभी रेञ्जका गाडीहरु अवलोकन र टेष्ट ड्राइभ गर्न सक्ने छन् । 

Advertisement

Advertisement