बीमा क्षेत्रलाई नेतृत्व गर्नेहरु कसरी मनाउँदै छन् दशैं ?

Advertisement

काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले यसपालीको दशैं काठमाडौ उपत्यकामा नै मनाउर्दै छन् । 

सिलवालको स्थायी ठेगाना वीरगञ्ज रहे पनि उनले विगतका वर्षमा जस्तो यसपाली दशैंको लागि गाउँ पुग्ने योजना नरहेको उनले बताए । सिलवालले भने, ‘मेरो दशैं काठमाडौंमै छु । गाउँ पुग्ने तालिका बनाएको छैन् । म दाईको हातबाट टीका थाप्छु । मैले टीका लगाईदिनुपर्ने त धेरै छन् ।’

Advertisement

दशैंको अवसरमा शुभकामना दिँदै उनले भने, ‘यही पर्वको उपलक्षमा म बीमा क्षेत्रमा रहेका र यस क्षेत्र बाहिर रहेकालाई बीमा दुखको साथी भएकाले बीमाको महत्व बुझ्नको लागि पनि अनुरोध गर्न चाहान्छु ।बीमाको बारेमा बुझ्ने कुरा त भईहाल्यो अनि बीमा बुझेर बीमा गरे मात्रै यसबाट लाभ लिन पाइन्छ ।’ 

सिलवालले बीमासँग जोडिएका कुनै पनि गुनासाहरु भए सिधै नेपाल बीमा प्राधिकरणमा निवेदन गर्न सकिने बताए । क्षेत्रीय कार्यालयहरुले पनि सक्रियताका साथ बीमा सेवामा लागेको उनको भनाई छ । 

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले आफूलाई दशैं कम रमाइलो लाग्नेमध्ये एकमा पर्ने बताए । बुबाआमा दुवैको निधन विगतमा यही दशैको नौरथाभित्र भएको उनले सुनाए । घटस्थापनादेखि दशैंको टीकाको बिचमा नै दुई वटा श्राद्ध गर्नुपर्ने बताउँदै पौडेलले गोरखामा रहेका आफ्नो घरभन्दा बच्चाहरुको रमाइलोको लागि उनीहरुको मामाघर चिवतन पुग्ने बताए । दशैंको बेलामा उनी कम घुमघाम गर्छन् ।

जीवन बीमक संघका अध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अहिले यतिबेला एक बीमासम्बन्धी तालिमका लागि अमेरिकामा छन् । उनले यसपालीको दशैं अमेरिकामा नै मनाउँदै छन् । 

कातिक १२ गते नेपाल फर्किने योजनामा रहेका उनले नेपालमै दशैं मनाउन नपाएकोमा खल्लो महशुल भएको बताए । बीमा क्षेत्रसँग जोडिएको तालिममा आफू सहभागी भएको र फर्किएपछि तालिममा सिकेको नयाँ ज्ञान, सीप बीमा क्षेत्रको हितका लागि प्रयोग गर्ने बताए । 

निर्जीवन बीमक संघका अध्यक्ष तथा सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स (सालिको)का सीईओ चंकी क्षेत्रीले आफ्नो आमा राजधानी काठमाडौंमै रहेकाले यसपालीको दशैं राजधानीमै मनाउँर्दैछन् । 

तर, आमाको इच्छा भने पूर्णिमाको दिनसम्म एकपटक मात्रै भए पनि गाउँ पुग्नुपर्ने रहेकाले काठमाडौंमा टीका लगाएर गाउँ पुग्न सकिने उनले संभावना व्यक्त गरे । क्षेत्रीले दशैंको लागि अन्य नयाँ स्थानमा जाने बारे कुनै योजना नरहेको बताए । 

उनले भने, ‘दशैं भनेको कसैलाई घुम्ने पनि होला तर हाम्रो लागि चाहिँ खाने, बस्ने, रमाउने हो । अरु बेला पनि घुमिएकै हुन्छ । अब विदेशै जाने त अहिलेसम्म केही तयारी छैन तर जहाँ भए पनि दशैं राम्रोसँग मानिन्छ । रमाईलो गरिन्छ त्यही त हो ।’

क्षेत्रीले आफ्नो परिवारमा आमा, श्रीमती तथा घर परिवार फरक फरक समुदायको परेकाले पनि विभिन्न किसिमको दशैंको अनुभव घरभित्रै पाइने बताए । उनले आफूले घरमा क्षेत्री, गुरुङ तथा नेवार लगायतको दशैं मान्ने परम्परा प्रत्यक्ष महशुस गर्न पाइन् बताए । 

Advertisement

Advertisement