होण्डाको ‘दशैँमा दस लाख’ योजनामा ठिमीका लामिछानेले जिते रु. १० लाख

Advertisement

काठमाडौं । होण्डाको मोटरसाइकल तथा स्कुटरले दशैँ तिहारको अवसरमा लिएर आएको आकर्षक उपहार योजना ‘दशैँमा दस लाख’ अन्तर्गत ठिमीका गोकुल लामिछानेले दस लाख रुपियाँ जितेका छन् । 

मेट्रो अटो सेन्टर, गठ्ठाघर, भक्तपुरबाट ग्राजिया एसटीडी बीएस६ खरिद गरेका लामिछानेले स्क्रयाच कुपन मार्फत दस लाख रुपैयाँ जितेका हुन् । होण्डा टु व्हिलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ग्राहकवर्गको उत्साहजनक सहभागिताका कारण यो योजना अवधिलाई छठसम्म थप गरेको छ ।

Advertisement

यसका साथै, रु. १०,००० सम्मको थप स्क्रयाच कुपन र रु. १२,५०० बराबरको ५ बर्षको एएमसी प्याकेज पनि जित्न सकिने ‘चुज योर स्कीम’ योजनाबाट पनि थुप्रै ग्राहकहरु लाभान्वित भएको कम्पनीले बताएको छ । 

‘दशैँमा दस लाख’ उपहार योजना अन्र्तगत अन्य थुप्रै ग्राहकहरुले पनि रु. २५ हजार देखि रु. २ लाख सम्मको पुरस्कार जितिसक्नु भएको छ । यो बर्ष होण्डाले ‘रु.१ मा फाइनान्स योजना’ र ‘बिग बाइक’ किन्दा रु. १ लाख सम्मको छुट जस्ता आकर्षक योजनाहरु पनि सार्वजनिक गरेको छ ।
 

Advertisement

Advertisement