नाडाको नेतृत्वमा अधिकांशले चौधरीलाई समर्थन गरेपछि गोल्छा दबाबमा, सहमतिको प्रयास हुँदै

Advertisement

काठमाडौं । अटोमोवाइल व्यावसायीहरुको संस्था नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालको नेतृत्वका लागि सहमतिको प्रयास गरिएको छ । सकेसम्म चुनाव नगरी सहमतिमा नयाँ नेतृत्व चयन गर्न प्रयोग भएको हो । 

नाडाको नयाँ कार्यसमितिका लागि आउँदो पुस २० र २१ गते चुनाव हुँदैछ । आउँदो कार्यकालका लागि अध्यक्षमा प्रतिस्पर्धा गर्न करण चौधरी र आकाश गोल्छा अगाडि सरेका छन् । चुनावको मिति नजिकिँदै गर्दा यसअघिको निर्वाचनमा ध्रुव थापालाई समर्थन गरेकाहरुले समेत चोधरीलाई समर्थन गरेपछि गोल्छालाई दबाब परेको छ । 

Advertisement

नाडाको नेतृत्व सकेसम्म सहमतिमा गर्ने प्रयास केही पूर्वअध्यक्षसहित कार्यसमितिका सदस्यहरुले गरेका छन् । चौधरीले पनि गोल्छालाई पटक पटक भेटेर सहमतिमा साझा नेतृत्व चयन गर्न प्रस्ताव गरेका छन् । गोल्छाले आनाकानी गर्दा सहमतिको प्रयास लम्बिएको एक व्यवसायीले बताए । 

उनले चौधरी र गोल्छा मात्रै नभएर दुर्व पक्षका अरु व्यावसायीबीच पनि सहमतिको प्रयास भइरहेको बताए । गोल्छालाई विशेषगरी हालका अध्यक्ष ध्रुव थापा र पूर्वअध्यक्ष अन्जन श्रेष्ठका भाई निराकार श्रेष्ठ खुलेर लागे पनि अरुको समर्थन देखिन्न । 

यता करण चौधरीलाई भने यसअघि ध्रुव थापाको पक्षमा रहेका दिपेन्द्र मिश्र, नवराज भुसाल, कपिल शिवाकोटीले समेत समर्थन गरेकाले चुनाव भए पनि सहजरुपमा आफूले जित्ने विश्वासमा देखिन्छन् । यसअघिको भन्दाभन्दा चार सय मत बढेको चौधरी पक्षको भनाई छ । 

यसअघि पनि करण चौधरीले अध्यक्षको लागि प्रतिस्पर्धा गर्दा झिनो मतले ध्रुव थापासँग पराजित हुनुपरेको थियो । गोल्छा आफै नेतृत्व गर्ने स्वभावका व्यक्ति नभए पनि ध्रुव थापाको दबाबका कारण उनी अध्यक्षको आकांक्षी बनेका हुन् । 

तुलनात्मकरुपमा हेर्दा आफ्नो क्षेत्रको जानकारी राख्ने, सार्वजनिक कार्यक्रमदेखि सरकारी तहको भेटघाटमा प्रष्ट कुरा राख्नसक्ने क्षमता चौधरीमा देखिन्छ । गोल्छा भने त्यसरी राख्न खासै सक्दैनन् । उनको सार्वजनिक छवी चौधरीको जत्तिको नहुनका साथै बोल्दा अक्मकाएर बोल्ने र बोल्न खोजेको कुरा प्रष्ट राख्न सक्दैनन् । 

यता चौधरीमा भने ठूलो व्यावसायिक घरानाको सदस्य भएकाले बढी आत्मविश्वास र महत्वाकांक्षा देखिन्छ । सोही आत्मविश्वासका कारण यसअघिको निर्वाचनमा उनले सब–डिलर लिएर काम गर्ने थापासँग पराजय भोग्नुपरे पनि अहिले भने उनी जिम्मेवार र सुझबुझका साथ प्रस्तुत हुन खोजेको देखिन्छ ।  

गोल्छालाई सर्वसम्मत अध्यक्ष बनाउन थापा बढी सक्रिय देखिन्छन । यद्यपि थापा आफैको कार्यकाल भने त्यति सन्तोषजनक हुन सकेन् । कोरोना महामारीको मार खेप्नुपरेको अटोमोवाइल क्षेत्रका लागि राहत सुविधा दिलाउने कुरामा नीतिगत निर्णय गराउन थापा करिव असफल नै भए । 

यता चौधरी आफ्नो पक्षमा सहमति जुटाउन आफै पनि सक्रियरुपमा लागेका छन् । चौधरीलाई सबैभन्दा ठूलो सिप्रदी ट्रेडिङसहित अधिकांश व्यावसायिक समूहले समर्थन जनाइसकेका छन् । दुवैले प्यानलसहित उम्मेदवारी दिने बताए पनि सहमति कायम भएको अवस्थामा साझा टिम बन्नसक्ने देखिन्छ । 

Advertisement

Advertisement