एनसेल प्रकरणमा म र मेरो परिवारको नाम जोड्नु गणतान्त्रिक व्यवस्थाविरुद्धको हमला होः दाहाल

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल प्रकरणमा आफ्नो र आफ्नो परिवारको नाम जोड्नु गणतन्त्रान्तिक व्यवस्थाविरुद्धको हमला भएको तर्क गरेका छन् । 

मंगलबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले एनसेलको शेयर खरिद बिक्रीमा आफ्नो परिवारको नाम जोडेर व्यवस्थामाथि हमला गरेको आरोप लगाएका हुन् । दाहाललाई एनसेल प्रकरणबारे जवाफ दिन आज बोलाइएको थियो । स्वतन्त्र साँसद डा. अमरेश सिंहले एनसेल प्रकरणमा प्रधानमन्त्री दाहाल, उनकी छोरी गंगा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजुको संलग्नता रहेको प्रमाण आफूसँग रहेको बताउँदै आएका छन् । 

Advertisement

आजको बैठकमा दाहालले आफूलाई ह्युमिलेट (अपमानित) गर्न खोजिएको जिकिर गर्दै भने, ‘मेरो परिवार घट्दै गएर तीन जना रहेका छौं। त्योमध्ये एक जना भरतपुर महानगरपालिकाको मेयर छे, हामी सबैलाई थाहा छ। उतै बढी इंगेज हुन्छे। एउटी छोरी छ, विचारा त्यो कस्तो छ त तपाइँहरूले थाहा पाउनुभएकै छ । उनलाई जोडेर उचालेको छ। म के ठान्छु भने यो संवैधानिक व्यवस्था, गणतन्त्र र लोकतन्त्रविरुद्धको हमला हो।ु उनले आफ्नो परिवारको संलग्ना नरहेको साँचो भएरै आफू बाँचिरहेको बताए। ुत्यो साँचो भएको भए म बाँच्नै नसक्ने हुन्थ्यो। झुठो हो भनेर थाहा भएपछि त म ढुक्क छु। ४८० भए नि हजार भए नि त्यो सावित हुनेवाला छैन् ।’

यस प्रकरणमा आफ्नो परिवारको संलग्नता नरहेकोमा आफू क्लियर रहेको बताउँदै उनले तर केही व्यक्तिले प्रचण्डलाई नपछारेसम्म व्यवस्था नउल्टिने भन्दै लागिपरेको आरोप लगाए । दाहालले भने, ‘प्रचण्डलाई नराम्रोसँग ह्युमिलेट नगरेसम्म, डिप्रेस नबनाएसम्म यो उल्टिने भएन भन्ने छ उनीहरूलाई । प्रचण्डलाई हमला गरेर नपछारेसम्म यो व्यवस्था उल्टिँदैन भनेर मेरोविरुद्ध लागिपरेका छन् ।’

उनले आफू यसअघि प्रधानमन्त्री हुँदा एनसेललाई कर तिराउन भूमिका खेलेको दावी समेत गरे । दाहालले एनसेलका मालिकहरूलाई आफूले मात्र होइन, शेरबहादुर देउवा र केपी ओलीसमेत चिनेको बताए ।

Advertisement

Advertisement