अंकित अग्रवालसँग मिलेर चन्द्र घले एक्लैले १३८ किलो सुन तस्करी गरेको खुलासा

Advertisement

काठमाडौं । भन्सार विभागले १४ किलो सुन तस्करीको अनुसन्धानलाई टुंगोमा पुर्याएको छ । विभागले गठन गरेको समितिको अध्ययनबाट मिनबहादुर घलेले १३८ किलो सुन तस्करी गरेको खुल्न आएको छ । 

उनले दुवईमा अंकित अग्रवाल नाम गरेको व्यक्तिसँग मिलेर नेपालमा सुन तस्करी गर्ने गरेको पाइएको विभागको भनाई छ । घले स्वयम तथा चन्द्र घले र कृष्णकुमार श्रेष्ठ समेतले पटक–पटक दुवईवाट सुन लिई आउने गरेका थिए । 

Advertisement

मिन घलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाउन डीबी भन्ने दनबहादुर गुरुङलाई प्रयोग गरेको पाइएको छ । विमानस्थलबाट सुन बाहिर निकाल्न सोही विमानस्थलमै कार्यरत नेपाल नागरिक उड्ययन कार्यालय, गौचरका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, सेवा निवृत्त भई करारमा कार्यरत रमेश देउला, एसी शाखामा काम गर्ने सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेत समेतले भूमिका खेलेको खुल्न आएको छ ।

दुबईबाट भरियाले ल्याएको सुन विमानस्थलबाट बाहिर निकालीसकेपछि रमेश देउला, राधा कृष्ण श्रेष्ठ र अनिल श्रेष्ठले काठमाडौंको टोखा नगरपालिकाको बानियाटारस्थित सूर्यदर्शन हाइटमा रहेको डीबी गुरुङको घरमा पुर्याउने गरेको, पुर्याएपछि उक्त सुन मिनबहादुर घले र निजको साथी जोन भन्ने जीवन गुरुङले अंकित अग्रवालले भनेको स्थानमा लगेर दिने गरेको अनुसन्धानमा खुल्न आएको विभाग स्रोतको भनाई छ । 

पटक पटक गरी मिनबहादुर घले, चन्द्र घले र कृष्णकुमार श्रेष्ठले गरी जम्मा १३८ किलो सुन ल्याई विमानस्थलबाट सेटिङ मिलाई बाहिर ल्याउने गरेकोमा पछिल्लो पटक चन्द्र घलेले ल्याएको १४ किलो मात्र पक्राउ परेको हो । विभागले सुन तस्करीमा संलंग्न व्यक्तिहरुलाई विपक्षी बनाई सरकारी वकिल कार्यालयमा आइतबार प्रतिवेदन बुझाएको छ ।

Advertisement