हेटौंडामा आइशरको रि-सेल मेला सुरु

Advertisement

काठमाडौं । नेपालका लागि आइशर कमर्सियल भेईकलको एक मात्र आधिकारिक वितरक बतास एम.ए.डब्लू. कमर्सिअल भेईकल प्रालिले हेटौंडामा रि–सेल मेलाको आयोजना गरेको छ । 

नेपाल ट्रक यातायात महासंघ र नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, नेपाल निर्माण व्यवसायी संघ, मकवानपुरका अध्यक्ष बालगोपाल कंडेल, हेटौडा उप–महानगरपालिका प्रतिनिधि विजय पुडासैनी र बतास एम.ए.डब्लु. प्रालिका तर्फवाट रि–सेल प्रमुख परिक्षण धिमालले आज संयुक्त मेलाको औपचारिक उद्घाटन गरेका हुन् । 

Advertisement

कार्यक्रममा श्रेष्ठले आइशर ट्रकको विशेषता र ग्राहकले रुचाउनुका प्रमुख कारण उल्लेख गर्दै यसको माईलेज विशेष र पावर उत्कृस्ट रहेको जानकारी दिए । यस्तो मेलाले मध्यम वर्गका ग्राहकले पनि सजिलै स्वरोजगार भई आत्मानिर्भर हुने जानकारी दिए । 

साथै चालकलाई लक्षित गरि रु २५ लाखको आकस्मिक बीमाले थप उर्जा दिने समेत बतए । कार्यक्रम आजगते देखी १० गतेसम्म संचालन हुनेछ ।
 

Advertisement

Advertisement