लगानी सम्मेलनबारे चीनमा 'प्रि–इभेन्ट': नेपालमा लगानी गर्न आह्वान

Advertisement

काठमाडौं । नेपालमा आगामी बैशाख १६ र १७ गते हुन लागेको लगानी सम्मेलनलाई लक्षित गरेर चीनमा पाँच वटा प्रि–इभेन्ट भएको छ । मार्च २३ देखि २९ सम्म चीनको विभिन्न शहरमा प्रि–इभेन्ट भएको लगानी बोर्डले जानकारी दिएको छ । 

चीन स्थित नेपाली राजदूतावास तथा हङकङ्ग, छेड्दू र ग्वान्जाओस्थित महावाणिज्य दूतावासले बोर्डसँगको सहकार्यमा तेस्रो लगानी सम्मेलनको प्रि–इभेन्ट गरेका हुन् । लगानी सम्मेलनको प्रचारमा सहयोग पुग्ने गरि प्रि–इभेन्ट गरिएको हो । 

Advertisement

प्रि–इभेन्ट सम्बन्धी पाँच वटा छुट्टाछुट्टै सेमिनारमा लगानी बोर्डले सहभागिता जनाएको थियो । तेस्रो लगानी सम्मेलनलाई दृष्टिगत गरी चिनियाँ सरकारी निकायहरु, चिनियाँ लगानीकर्ता र चेम्बरका प्रतिनिधिहरु तथा गैरआवासीय नेपाली लगायतलाई लक्षित गरी प्रि–इभेन्ट गरिएको बोर्डको भनाइ छ । 

उक्त कार्यक्रमहरुमा आगामी लगानी सम्मेलनको उद्देश्य, लगानीको वातावरण निर्माणका लागि भएको नीतिगत एवं कानुनी सुधारका प्रयासहरु, लगानीका अवसर र सम्भाव्य परियोजनाहरूको बारेमा जानकारी दिइएको बोर्डद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । 

मार्च २३ मा हङकङस्थित महावाणिज्य दूतावासद्वारा आयोजित कार्यक्रममा महावाणिज्यदूत उदय राना मगरले नेपालमा वैदेशिक लगानी विषयक प्रस्तुतीकरण दिएका थिए । यसैगरि लगानी बोर्ड सहसचिव प्रद्युम्न प्रसाद उपाध्यायले नेपालमा रहेका लगानीका अवसर र आगामी लगानी सम्मेलनको विषयमा प्रस्तुतीकरण दिएका थिए । 

बोर्डका प्रवक्ता समेत रहेका उपाध्यायले नेपालमा रहेको लगानीको प्रचुर सम्भावनाको खोजी गरी उपस्थित सहभागीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका थिए । १०० भन्दा बढी सहभागीहरु रहेको उक्त कार्यक्रममा हङकङ र मकाउका स्थानीय व्यवसायीहरु, चेम्बरका प्रतिनिधिहरु तथा गैर आवासीय नेपालीहरुको सहभागीता रहेको थियो ।

त्यसैगरी मार्च २५ मा छेड्दुस्थित महावाणिज्य दूतावासको आयोजना गरेको कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले नेपालमा रहेको लगानीको बाताबरण र लगानीको अवसर, सार्वजनिक निजी साझेदारीका परियोजना र ठूला लगानीको सहजीकरण गर्न स्थापित लगानी बोर्डको संस्थागत विकासका लागि भएका प्रयास र परियोजना विकास र व्यवस्थापनका क्षेत्रमा लगानी बोर्डले चालेका कदमहरुको बारेमा जानकारी दिएका थिए । साथै, तेस्रो लगानी सम्मेलनमा सहभागिताका लागि अनुरोध समेत उनले गरे । 

यस्तै, उनले नेपालमा लगानीको वातावरण सुधार हुँदै गएको र लगानी बोर्ड लगानीकर्ताहरुलाई सहजीकरण गर्न प्रतिवद्ध रहेको बताए । सोही कार्यक्रममा लगानी बोर्डका उपसचिव रमेश अधिकारीले विदेशी लगानीको प्रक्रिया र लगानीसँग सम्बन्धित मुख्य मुख्य कानूनका प्रावधानहरु समेटिएको एक प्रस्तुतीकरण गरेका थिए । 

वेइजिङस्थित दूतावासले मार्च २६ मा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा लगानीका प्रशस्त सम्भावनाहरू रहेको बताए । नेपालमा रहेका तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका क्षेत्रहरुमा लगानी गर्न आहृवान समेत उनले गरेका थिए । 

लगानी सम्मेलन नेपालमा रहेको लगानीको वातावरण र अवसरहरुको विषयमा जानकारी लिने उपयुक्त अबसर भएको बताउँदै उनले सहभागिताका लागि उपस्थित सहभागीहरुलाई अनुरोध गरे । यसैगरी  बोर्डका सीईओ भट्टले स्वच्छ र नवीकरणीय ऊर्जाका साथै भौतिक पूर्वाधार, पर्यटन, सूचना प्रविधि, कृषि प्रशोधन, उत्थानशील सहरी पूर्वाधार, खानी तथा खनिज परियोजनाहरूमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई आह्वान गरे । 
 

चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठले नेपाल चिनियाँ लगानीकर्ताहरूको रोजाइको गन्तव्य भएकाले लगानी सम्मेलनमा चीनवाट उल्लेख्य सहभागीता र लगानी प्रतिवद्धता पनि प्राप्त हुने बताए । यस्तै, चाइना चेम्बर अफ इन्टरनेशनल कर्मशका उप–महासचिव सु लियाडले नेपालले आर्थिक वृद्धि र समृद्धिको आकांक्षासहित विदेशी लगानी आकर्षित गर्न गरेको प्रयासकोे प्रशंसा गरे । चिनियाँ लगानीले उक्त प्रयास पूरा गर्न मद्दत गर्ने उनको भनाइ छ । 

त्यस्तै दूतावाससँगकै सहकार्यमा मार्च २८ मा चीनको झेजियाङ प्रान्तमा आयोतिज कार्यक्रममा बोर्डका सीईओ भट्टले नेपाललाई उत्कृष्ट लगानी गन्तव्यको रुपमा परिचित गराउने उद्देश्यले सम्मेलन गर्न लागेको बताए । बोर्डका उपसचिव रमेश अधिकारीले लगानीको प्रक्रिया, सम्भावना र लगानी सम्मेलनमा सोकेश गर्न सकिने सम्भावित परियोजनाको विषयमा संक्षिप्त प्रस्तुतीकरण गरेका थिए ।

बोर्ड शाखा अधिकृत मनोज राउतले पनि लगानी सम्बन्धी सम्पूर्ण प्रक्रियालाई सहजीकरण गर्न उद्योग विभागमा स्थापित एकल विन्दु सेवा केन्द्र र लगानी बोर्डले अगाडि बढाएको वेभमा आधारित एकल बिन्दु सेवा केन्द्रको विषयमा जानकारी गराए । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै इवु सीपीपीसीसीका उपाध्यक्ष लुओ सियाओजुनले इवुको विकासबाट नेपालले समेत शिक्षा लिन सक्ने बताए । साथै, चिनियाँ लगानीकर्ताहरुलाई नेपालमा रहेका लगानीका अवसरहरुको खोजी गरी लगानी गर्न प्रेरित पनि गरे । 

त्यसैगरी मार्च २९ मा ग्वान्जाओस्थित नेपाली महावाणिज्य दूताबासले प्रि–इभेन्ट गरेको थियो । कार्यक्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव तथा लगानी सम्मेलन सचिवालयका सदस्य नमराज घिमिरेले नेपालमा विदेशी लगानीका संभावित क्षेत्र तथा परियोजनाहरुका विषय र नेपालको समग्र लगानी वातावरणका विषय समेटेर सम्बोधन गरेका थिए ।
 

nullundefined

 

null

 

Advertisement

Advertisement