अशोक अग्रवाल गिनी गणतन्त्रका अवैतनिक वाणिज्यदूत नियुक्त

Advertisement

काठमाडौंः औद्योगिक तथा व्यापारिक घराना विशाल ग्रुपका प्रबन्ध निर्देशक अशोक अग्रवाल नेपालका लागि गिनी गणतन्त्रका अवैतनिक वाणिज्य दूत नियुक्त भएका छन् ।

पश्चिम अफ्रिकी मुलुक गिनी गणतन्त्रको सरकारले उनलाई अवैतनिक वाणिज्यदूत नियुक्त गरेको हो । नवनियुक्त वाणिज्यदूत अग्रवालले दुई मित्रराष्ट्रको आर्थिक र जनस्तरको सम्बन्ध अभिवृद्धिमा भूमिका खेल्ने छन् । गिनी गणतन्त्रमा नेपाली वस्तुको बजार प्रवद्र्धनका लागि पहल गर्ने लगायत त्यहाँका पर्यटकलाई नेपाल ल्याउन प्रयास गर्ने उनले बताए ।

निर्माण सामग्री उत्पादन, बैंकिङ, बिमा, ट्रेडिङ लगायत व्यवसायमा विशाल ग्रुपको लगानी छ । अग्रवाल यस समूहको तेस्रो पुस्ताका उद्यमी हुन । अग्रवाल आयात–निर्यातकर्ता व्यवसायीहरुको छाता संगठन नेपाल समुद्रपार निकासी पैठारी संघ तथा नेपाल चेम्बर कमर्स जस्ता सस्थाहरुसँग आवद्ध छन् ।

Advertisement

Advertisement

Advertisement