सरकारले भोलि संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने

Advertisement

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७२/७३ को मुलुकको समग्र आर्थिक स्थितिको मूल्याङ्कनसहितको आर्थिक सर्वेक्षण भोलि बिहीबार संसद्मा पेस गर्ने भएको छ।  अर्थमन्त्री विष्णु पौडेलले व्यवस्थापिका–संसद्को बैठकमा चालु आवको आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले बताए।  

सरकारले आगामी आवको बजेट पेस गर्नुपूर्व चालु आर्थिक नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएका कुरा के–कति कार्यान्वयन भए कस्ता कस्ता चुनौती सामना गर्नुपर्यो जस्ता समग्र विषयवस्तु समेटेर आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने परम्परा रहेको छ।  नेपालको संविधानमा व्यवस्था भएअनुसार सरकारले आगामी आवको बजेट यही जेठ १५ गते प्रस्तुत गर्नेछ। अघिल्ला वर्षमा असार मसान्तको सेरोफेरोमा बजेट ल्याउने गरिन्थ्यो।  

Advertisement

आर्थिक सर्वेक्षणमा मुलुकको समग्र आर्थिक स्थिति तथा सरकारको मातहतमा रहेको संस्थानको अवस्थाकाबारेमा समेत सदनलाई जानकारी दिने प्रचलन रहिआएको छ।  संसद्को भोलिकै बैठकमा बैँकिङ कसुर तथा सजाय पहिलो संशोधन विधेयक २०७१, निक्षेप कर्जा सुरक्षण कोष विधेयक, २०७२ तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक २०७२ सम्बन्धी विधेयक पेस गरिने कार्यक्रम रहेको सचिवालयबाट थाहा भएको छ। रासस  

Advertisement

Advertisement