अमेरिकाले दिएको सुविधा उपभोग गर्न समूह बनाउँदै साना व्यवसायी

Advertisement

काठमाडौं । अमेरिकाले नेपालका साना तथा घरेलु उद्योगबाट उत्पादित विशेषगरी हस्तकलाका बस्तुमा दिएको भन्साररहित प्रवेशको सुविधा उपयोगका लागि लघु, घरेलु तथा साना उद्योगीहरु संगठितरुपमा अघि बढने भएका छन् । 

एकलरुपमा काम गर्दा धेरै अडचनहरु आउनुका साथै मागअनुसार आपूर्ति गर्न कठिनाई हुने भएकाले संगठितरुपमा सुविधाको सुचीमा रहेका वस्तुहरु उत्पादन निर्यातको तयारी भइरहेको नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरीले बताए । 

Advertisement

यसअघि अमेरिकाले दिएको यो सुविधा तयारी पोषक (गार्मेन्ट)लाई समेत हो भनेर प्रचार भए पनि सुचीमा नपरेको थापा पाएपछि गार्मेन्ट उद्योगीहरु रुष्ट भएका थिए । हस्तकलाका यस्ता सामाग्रीमा विभिन्न नौ समूहका ६६ वस्तुहरु रहेका छन् । 

महासंघका अध्यक्ष गिरीले भने, समूह बनाएर नै उत्पादन बढाउने, क्षमता विकास गर्ने, बजारीकरण र निर्यातको काम गर्दैछौं । उनले अहिले पनि जति उत्पादन गर्न सक्थ्यौं, त्यसको ७० प्रतिशत मात्रै उत्पादन भइरहेको छ भन्दै आफूहरुको मुख्य ध्यान गुणस्तरीय वस्तु उत्पादन र निर्यात गर्ने कुरामा हुने बताए । 

अमेरिकाले सुविधा दियो भनेर मात्रै हुँदैन, यसको सही उपयोग गर्न सकिएन भने यसअघि तयारी पोषाकहरुलाई दिएको सहुलियत कोटा खारेज भए जस्तै हुन्छ । त्यो स्थित आउन नदिन साना व्यवसायीहरुले अल्ली मेहनत नै गर्नुपर्छ । विनाशकारी भूकम्पबाट प्रभावित भएका यस्ता साना व्यवसायीलाई दिइएको यो सहुलियतले उनीहरुलाई केही राहत मिल्ने आशा लिइएको छ । 

देशका विभिन्न ठाउँमा छरिएर रहेका घरेलु तथा साना उद्योगबाट उत्पादन हुने कटन, हातले बुनेका कपडा, रेशम, छालाका सामान लगायत सहुलियत सुचीमा छन् । ‘सुविधा त दियो तर त्यो उपभोग गर्नु चुनौतीपूर्ण छ, त्यही भएर मिलेर गरियो भने सहज हुन्छ भनेर सम्वद्ध व्यवसायीले समूह बनाएर काम गर्न लागेको हो’, गिरीले भने । 

भूकम्प, नाकाबन्दीका कारण प्रभावित भएका घरेलु तथा साना उद्योगीहरु लोडसेडिङ, नीतिगत र प्रशासनि झन्झट, दक्ष जनशक्तिको अभाव जस्ता समस्या झेल्न बाध्य रहेको भन्दै व्यवसायीले अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका यस्ता उद्योगहरुको पुर्नउद्दारमा खासै ध्यान नदिएको गुनासो गर्दै आएका छन् । 

भूकम्प पीडित परिवारलाई घर बनाउन अनुदान दिए जस्ता साना व्यवसायीलाई पनि व्यवसाय पुनस्थापनका लागि अनुदान दिनुपर्ने उनीहरुको माग छ । भूकम्प र नाकाबन्दीले धेरै यस्ता उद्योगहरु समस्याग्रस्त बन्न पुगेको व्यवसायीको गुनासो छ । 

अमेरिकाले विभिन्न एचएस कोडअन्र्तगत दिएको सुविधामा नेपालका घरेलु साना उद्योगबाट उत्पादन हुने वस्तु छन् । सुहलियत पाएका वस्तुहरुको सुची यस्तो छः 

Advertisement

Advertisement