नयाँ एनसेल शपहरु पुल्चोक र बालाजु चोकमा

Advertisement

काठमाडौं । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले पुल्चोकको लबिम मल  र बालाजु चोकमा नयाँ अवधारणाको एनसेल शप (पसल) सञ्चालनमा ल्याएकोे छ । 

ग्राहकका लागि एकै ठाँउबाट विभिन्न सेवा सुविधा प्रदान गर्ने उद्देश्यले यी शपमाबाट ग्राहकले एनसेलका सेवाहरु, त्यसका बारेमा जानकारी र प्रतिस्पर्धी बजार मुल्यमा मोबाइल सेटहरु खरिद गर्न सकिनेछ । 

Advertisement

एनसेलका प्रवन्ध निर्देशक साइमन पर्किन्सले बुधबार एक कार्यक्रमबीच लबिम मलस्थित एनसेल शपको उद्घाटन गरे । एक छुट्टै कार्यक्रममा बालाजु चोकमा रहेको एनसेल शपको कम्पनीका रिजनल अपरेसन निर्देशक आइबेक माखाबेतोभले उदघाटन गरे । 

यी शपबाट नयाँ सिम कार्ड खरिद, सिम तथा मोबाइल नम्बर परिवर्तन, 
इन्टरनेट तथा एमएमएस सेटिङ्, ट्यारिफ परिवर्तन तथा सियुजी सेवा परिमार्जन गर्न सकिनेछ । प्रबन्ध निर्देशक पर्किन्सले धेरैभन्दा धेरै ग्राहकमाझ एनसेलको सेवा सुविधाको पहुँच सहज बनाउने योजनाअनुसार यी शपहरु खोलिएको बताउ । 

Advertisement

Advertisement