सडक विभागद्वारा निर्माणाधीन पुलहरुको अनुगमन केन्द्रबाटै गर्न मोबाइलमा आधारित प्रणाली सुरु

Advertisement

काठमाडौँ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफू मातहतमा सञ्चालित विकास योजना खासगरी पूर्वाधार (सडक तथा पुल)को सूचना प्रविधिमा आधारित अनुगमन सुरुआत गरेको छ ।

पहिलो चरणमा मन्त्रालय अन्तर्गत सडक विभागले निर्माणाधीन पुलको अनुगमनका लागि ‘आइटी एप्लिकेसन’ तयार गरी आजदेखि कार्यान्वयनमा ल्याएको छ । ‘ब्रिज साइड मनिटरिङ सिस्टम एप्लिकेस’ नाम दिइएको सो सफ्टवेयरबाट विभाग अन्तर्गत निर्माणाधीन ४०० पुलको अनुगमन मोबाइल मार्फत नै गर्न सकिने छ । साथै सञ्चालनमा रहेका पुलका अवस्था बारेमा पनि यसले जानकारी दिनेछ । खासगरी बाढी पहिराले पुललाई क्षति पु¥याएमा तत्काल प्राविधिकमार्फत जानकारी लिन सकिनेछ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सो प्रविधिको शुभारम्भ गर्दै सडक सञ्जालको विस्तारसँगै पुल निर्माणमा स्थानीय समुदायको मागलाई सम्बोधन गरिने जानकारी दिए । विपद्का समयमा पुलको अवस्थाका बारेमा जानकारी लिने प्रविधि विकसित हुनु सकारात्मक हो भन्दै उनले भूकम्पले क्षति पु¥याएका पुलका संरचनालाई तत्काल पुनःनिर्माणमा प्राथमिकता दिन निर्देशन दिए ।

Advertisement

मन्त्रालयका सचिव अर्जुनबहादुर कार्कीले अनुगमनको प्रविधि विकास हुनु आफँैमा सकारात्मक पक्ष भए पनि यसलाई प्रभावकारी कार्यान्वयनमा ल्याउन विभागलाई निर्देशन दिए । विश्व बैंकका नेपाल व्यवस्थापक ताकुया कामाताले समयमा सडक र पुल निर्माण सम्पन्न गर्न प्रभावकारी अनुगमनको खाँचो औँल्याए ।

कार्यक्रममा सडक विभागका महानिर्देशक देवेन्द्रकुमार कार्की, नायब महानिर्देशक सरोजकुमार प्रधान र पुल शाखाका प्रमुख नरेशमान शाक्यले सूचना प्रविधिमा आधारित अनुगमनलाई प्रभावकारी कार्यान्वयनमा ल्याइने प्रतिबद्धता व्यक्त गरे । रासस

 

Advertisement

Advertisement