यसरी सम्पन्न गरियो नारायणी किनारमा एनसेल मेला

Advertisement

काठमाडौं । निजी क्षेको प्रमुख मोवाइल सेवा प्रदायक एनसेलले आफ्नो रि—ब्राण्डिङसँगै नजिकिदै गरेको चाडपर्वको अवसर पारेर नारायणी किनारमा एनसेल मेलाको आयोजना गरेको छ ।

आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशियाली साट्न र आफ्नो नयाँ ब्राण्ड चिनाउन भन्दै उसले बिहीबार मेला आयोजना गरेको हो । मेलामा आगन्तुकहरुको मनोरञ्जनको लागि चर्चित कलाकार तथा संगीतिक समुहको प्रस्तुती, जादु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु राखिएको थियो ।

Advertisement

एनसेल मेलामा उनीहरुलाई एनसेलको सेवा तथा सुविधामा आकर्षक अफर दिइनुका साथै डेटा सेवा, थ्रिजीको गति र अन्य डिभासहरु एनसेलको विषेश हाईटेक जोनमा चलाएर टेष्ट गर्ने व्यवस्था मिलाइएको थियो । 

मेलामा कलाकार सुगम पोख्रेल, शिव परियार, मिलन अमात्य, लाउरे, रेमोन दास श्रेष्ठ, समृद्घी राई, एक्स व्याण्ड, कार्टुन्ज क्रु र युभि एन्जल्स्ले आ—आफ्नो प्रस्तुती गरेका थिए । डिजे रुपेशले आफ्नो प्रस्तुतीबाट दर्शकलाई नचाएका थिए ।

बालबालिकाका लागि इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबी गल्फ र ट्रेन जस्ता विविध आकर्षणहरु रहेका थिए । मयुर नाच, लाखे नाच, दशैं पिंग, चंगा चेट प्रतियोगिता र मगसट फोटो बुथ आदी पनि मेलामा समावेश गरिएको थियो । 

त्यसबाहेक नेपाली, इण्डियन र चाइनिज परिकारका स्टलहरुमा विभिन्न परिकारहरु मेलामा राखिएको थियो । नारायणघाटपछि अब शनिबार पोखरामा आयोजना हुनेछ । यो मेला असोज ३ गते बुटवल, असोज ६ गते धरानमा र असोज ८ गते बिर्तामोडमा आयोजना गरी सम्पन्न गरिने एनसेलले जनाएको छ । 

Advertisement

Advertisement