'च्यानल लोयल्टी’ योजनाका विजेतालाई एनसेलले दियो स्कुटर र अन्य उपहार

Advertisement

काठमाडौं । निजी क्षेत्रको मोवाइल सेवा प्रदायक एनसेलले आफ्नो ‘च्यानल लोयल्टी’ योजना अन्तर्गत दुलेगौडा, तनहुँमा रहेको सिमरन एण्ड शिन्जा इन्टरप्राइजेज्का सञ्चालक गणेश श्रेष्ठलाई स्कुटर उपहार प्रदान गरेको छ । 

यो इन्टरप्राइजेज एनसेलको सिम कार्ड, रिचार्ज कार्ड र अन्य प्रोडक्टहरु ग्राहकसम्म पुर्याउने १० हजार आधिकारिक रिटेलरहरु मध्ये एक भएको एनसेलको भनाई छ । एनसेल शनिबार पोखरामा आयोजित मेलामा उक्त स्कुटर प्रदान गरेको हो । 

Advertisement

अन्य विधाहरुमा आफूलाई उपहारका लागि योग्य सावित गर्ने रिटेलरहरुलाई पनि एनसेलले एलसिडी टिभी, माइक्रोवेभ ओभन, स्मार्टफोन, सिएफएल इन्भर्टर र फोर इन वान प्रिन्टर जस्ता उपहारहरु प्रदान गरिएको जनाइएको छ ।    

एनसेलले सन् २०१४ मा रिटेलरहरुलाई आफ्नो सेवा तथा सुविधाहरुको प्रवद्र्धन गर्न प्रोत्साहन गर्ने उद्देश्यले ‘च्यानल लोयल्टी’ योजना सुरु गरेको हो । यसमा रिटेलरहरुले  उनीहरुले गरेको बिक्रीका आधारमा उपहार पाउँछन् । 

यो योजनाअन्तर्गत स्कुटर उपहार पाउन योग्य हुने श्रेष्ठ पहिलो रिटेलर भएको एनसेलको भनाई छ । यसभन्दा अघि काठमाडौं नयाँ बसपार्कस्थित लमजुङ कम्युनिकेशनका सञ्चालक दिनेश दुराले यस मोटरसाइकल उपहार पाएका थिए ।

Advertisement

Advertisement