नेपाल क्लियरिङ हाउसको अध्यक्षमा फेरि राजनसिंह भण्डारी

Advertisement

काठमाडौंः नेपाल क्लियरिङ हाउस लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा राजनसिंह भण्डारी पुनः चयन भएका छन् । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेका उनलाई हाउसको हालै बसेको बोर्ड बैठकले अध्यक्षमा चयन गरेको हो । 

बोर्डको अध्यक्षको रुपमा भण्डारीको यो दोस्रो कार्यकाल हुनेछ । भण्डारीसहित एनएमबी बैंकका सिइओ उपेन्द्र पौडेल, नेपाल इन्भेष्टमेन्ट बैंकका सिइओ ज्योति पाण्डे गत असोज १२ गते सम्पन्न हाउसको वार्षिक साधारणसभामार्फत बाणिज्य बैंक समुहको तर्फबाट सञ्चालकमा चयन भएका थिए । 

Advertisement

कम्पनीको अन्य सञ्चालकहरुमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक जनक अधिकारी, कैलाश विकास बैंकका सिइओ कृष्णराज लामिछाने, गुडविल फाइनान्सका सिइओ सरोजकाजी तुलाधर र स्मार्ट च्वाइस टेक्नोलोजिजका प्रतिनिधि रविन्द्र मल्ल छन् । यस कम्पनीमा राष्ट्र बैंकसहित निजी क्षेत्रका बैंक वित्तीय संस्थाको लगानी रहेको छ । 

Advertisement

Advertisement