प्रेमीको माया पाउन २४४ किलोकी मोटीले गरिन 'वाइपास सर्जरी'

Advertisement

एजेन्सीः मान्छेहरु मायामा जे पनि गर्न सक्छन् । यस्तै भयो चीनकी सबैभन्दा मोटी महिला ३१ वर्षकी लू वीशनको जीवनमा पनि । जब उनले अपनाएका कुनै तरिकाले काम नगरेपछि लू वीशनले आफ्नो माया पाउनका लागि कठिन सर्जरी गराइन् ।

चिनको चांगचुनमा बस्ने वीशनले आफ्नो मोटोपन घटाउन विभिन्न तरिका अपनाइन् । तर, कुनै तरिकाले काम गरेन र उनले अन्त्यमा बाइपास सर्जरी गराइन् ।

वीशनका अनुसार जब उनी स्कुल पढ्थिन, तब ९५ किलोग्रामको थिइन् । कलेज पढ्दा १५० र लगातार बढ्दै उनको तौल २४४ केजी पुग्यो ।

वीशनले भनिन् मेरो धेरै साथी मायाप्रेम गर्दै विहे पनि गरे, तर मैले कहिले पनि बिवाह बारेमा सोच्ने हिम्मत गरिन । उनले एक्लै उठेर कतै जान नी धेरै गार्हो हुने गरेको बताइन ।

मोटोपनका कारण वीशन छ बर्षदेखि घर बाहिर निस्किएकी छैनन् । साथै, यही मोटोपनका कारण विभिन्न रोगहरु पनि लाग्ने गरेको र यसैकारण डाक्टरले उनको बाइपास सर्जरी गर्नको लागि सल्लाह दिए ।

वीशनका प्रेमी जियांग ताओले उनलाई भने की चाँडै सर्जरी गर्नुपर्छ । नत्र ४० बर्ष अगाडी नै उनको मूत्यु हुन सक्छ । जसका कारण वीशनले बाइपास सर्जरी गराइन र सामान्य महिलाहरु जस्तै देखिन थालिन् ।

वीशनका प्रेमीका अनुसार उनको स्वास्थ अहिले राम्रो छ । उनी अब उठ्न र खान पनि सक्छिन । चाइनीज एकेडेमी रिपोर्टका अनुसार चीनमा ४६ मिलियन वयस्क मोटोपनका शिकार छन् ।

तीनसय किलो तौल भएकी सुन लियांग चिनकी सबैभन्दा मोटी महिला थिइन । उनको मृत्यु अप्रिल २०१४ मा हृदयघातका कारण भएको थियो ।

Advertisement

Advertisement

Advertisement