सिटी एक्सप्रेसको महाप्रवन्धकमा अजेश कोइराला नियुक्त

Advertisement

काठमाडौंः नेपालको विप्रेषण (रेमिटान्स) कारोबारका क्षेत्रमा अग्रणी कम्पनीहरुमध्येको एक सिटी एक्सप्रेस मनी ट्रान्सफरको महाप्रवन्धकमा अजेश कोइराला नियुक्त भएका छन् । उनी विगत चार बर्षदेखि ग्लोबल आइएमई बैंकमा रेमिटान्स प्रमुख भई काम गर्दै आएका थिए । 

विगत १० वर्षदेखि विप्रेषण सेवामा काम गर्दै आएको सिटी एक्सप्रेस पछिल्लो समयमा कारोबार विस्तारका लागि आक्रामकरुपमा अघि आएको छ । कम्पनीले माथिल्लो तहमा कोइरालासहित तीन जनालाई नियुक्त गरेको हो । हालै मात्रै कमलादीस्थित आफ्नै सुविधासम्पन्न भवनमार्फत कारोबार सुरु गरेको यस कम्पनीले महाप्रवन्धकमा नियुक्त गरेका कोइराला रेमिटान्स क्षेत्रका एक परिचित व्यक्ति हुन । 

Advertisement

त्यसैगरी, कम्पनीले कान्तिपुर समूहको ब्राण्ड म्यानेजरको रुपमा काम गर्दै आएका सन्देश कटुवाललाई ब्राण्ड प्रमुख र रवि शाक्यलाई आइटी प्रमुख नियुक्त गरेको छ । शाक्य यसअघि एभरेष्ट बैंकमा आइटी सुपरभाइजर भएर काम गरेका थिए । 
कम्पनीका प्रबन्धक निर्देशक चन्द्र टण्डनले कम्पनीलाई यहाँसम्म ल्याइपुर्याउन सहयोग गर्ने सबै कर्मचारीलाई धन्यवाद पनि दिएका छन् । कम्पनीले चाँडै दक्षिण कोरियाबाट पनि रेमिटान्स भित्राउन तयार पनि थालेको छ । 

 

Advertisement

Advertisement