बैंकर रविनालाई फेरि अन्तर्राष्ट्रिय अवार्ड

Advertisement

काठमाडौंः मेगा बैंककी नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठले कोरियाबाट प्रदान गरिने अन्तर्राष्ट्रिय अवार्ड पाएकी छन । एशिया मेडिकल एस्थेटिक कंग्रेसको अवसरमा उनलाई एसिया टप ब्राण्ड मास्टर ग्राण्ड अवार्ड प्रदान गरिएको मेगा बैंकले जनाएको छ । 

बैंकिङ क्षेत्रसँगसँगै देशको आर्थिक विकास, मानवीय तथा सामाजिक कार्यमा विशेष योगदान पुर्याएका कारण श्रेष्ठलाई अवार्ड प्रदान गरिएको जनाइएको छ । समारोहमा विभिन्न देशका महिला उद्यमी तथा विभिन्न पेशा व्यवसायमा सक्रिय व्यक्तिहरुलाई अवार्ड प्रदान गरिएको थियो ।   

Advertisement

अवार्डबाट आफू अत्यन्तै उत्साहित भएको श्रेष्ठले बताएकी छन् । ‘नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा थप सक्रिय रहन मलाई यस अवार्डले प्रोत्साहन मिलेको छ ।’ अवार्ड पाएपछि उनले भनिन् ।   

यसअघि उनले सिंगापुरबाट ‘लेडी अफ एक्सिलेन्स अवार्ड’, मलेसियाबाट प्रदान गरिने ‘२१ औं शताब्दी गोल्डेन फोनिक्स अवार्ड’ जित्न सफल भएकी थिइन । यसैगरी, अमेरिकाको किङग्स विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिथीको उपाधि दिएको थियो । श्रेष्ठले नेपालमा पनि बैंकिङ तथा सामाजिक क्षेत्रका थुप्रै पुरस्कार पाएकी छन् ।

Advertisement

Advertisement