नेपालको आर्थिक वृद्धिदर बढने आइएमएफको अनुमान

Advertisement

काठमाडौंः अन्तर्राष्ट्रिय मुद्रा कोषले चालू आर्थिक वर्षको नेपालको आर्थिक वृद्धिदर साढे पाँच प्रतिशत हुने प्रक्षेपण गरेको छ । अनुकुल मौसमका कारण यो वर्ष कृषि उत्पादन बढेको, पूर्वाधार निर्माणको काम सुरु भएको, कर्जा विस्तार बढेको जस्ता कारण आर्थिक वृद्धिदरमा सुधार हुने कोषको भनाई छ । 

यसअघि अन्तर्राष्ट्रिय मुद्रा (आइएमएफ)ले यो बर्ष चार प्रतिशतको मात्रै आर्थिक वृद्धि हुने अनुमान गरेकोमा त्यसलाई परिमार्जन गर्दै नयाँ प्रच्छेपण गरेको हो । आइएमएफको अनुमान छ । मुलुकको आर्थिक गतिविधिमा सुधार हुँदै गएकाले आर्थिक वृद्धिदर बढ्ने देखिएको ‘आर्टिकल फोर’ का लागि नेपाल आएको आईएमएफको टोली प्रमुख अल्मेकिन्डर्सले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए  ।  

Advertisement

उनले डेढ बर्ष अघिको विनाशकारी भूकम्पबाट ध्वस्त भएका संरचना निर्माणका लागि नेपाल सरकारले जोड दिनुपर्ने भन्दै समावेशी र दिगो विकासका लागि सरकारले आफ्ना योजना र कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । 

आइएमएफको रिपोर्टमा पुँजीगत खर्चमा अहिले देखिएको शिथिलता आगामी दिनमा सुधार आई आर्थिक गतिविधि बढने विश्वास लिँदै सोही वृद्धिको आशामा आर्थिक वृद्धिदर बढने अनुमान गरिएको जनाएको छ । 

अल्मेकिन्डर्सले नेपालमा पुँजीगत खर्च बढाउने कुरामा संरचनात्मक र कार्यशैलीगत सुधार जरुरी रहेको भन्दै मूल्य वृद्धि सीमाभित्र रहनु सकारात्मक रहेको बताए । 

अहिले वित्तीय क्षेत्रमा तरलतामा परेको चाप सामान्य भएको र चाँडै सुधार आउने भन्दै आइएफएफले सरकारी खर्चमा वृद्धि भएसँगै बजारमा नगद प्रभावको समस्या नहुने जनाएको छ । बढदो व्यापार घाटा कम गर्न उत्पादन वृद्धिमा सरकार र निजी क्षेत्रले जोड दिनुपर्ने भन्दै आइएमएफको भनाई छ । 

भारतमा भारु पाँच सय र हजार दरको नोटको चलनचल्तिमा लगाइएको रोकको असर भारतमा धेरै देखिए पनि नेपालमा त्यसको कम प्रभाव रहेको र विस्तारै सुधार हुँदै जाने भन्दै आइएमएफले बैंकिङ प्रणालीमा निकै कम मात्र पाँच सय र हजार दरका भारतिय मुद्रा देखिएकाले खासै समस्या नदेखिएको तर्क गरेको छ । बाहिर रहेका यस्ता नोटहरुबाट उद्योगी व्यवसायीलाई असर गरेकाले यसलाई कुटनीतिकरुपमा समाधान गर्न सकिने जनाएको छ । 

Advertisement

Advertisement