पाँच कुइन्टल अर्थात विश्वकै सबैभन्दा बढी तौल भएकी महिलाको भारतमा तौल घटाइँदै

Advertisement

मुम्बई (भारत): इजिप्टकी ‘विश्वकै सबैभन्दा बढी वजन भएकी महिला’ शल्यक्रियामार्फत आफ्नो वजन घटाउन भारतीय सहर मुम्बई आउने भएकी छन् । उनको तौल हाल पाँचसय किलोग्राम रहेको छ । 

छत्तिस बर्षीय एमान अहमद अब्देल अतीलाई इजिप्टको विदेशमन्त्रीको पहलमा भिषा प्रदान गरिएपछि आज शनिबार उनी मुम्बई आइपुग्ने बताइएको छ । 

Advertisement

अब्देल अतीलाई ल्याउनु एक विमानलाई विशेष सुधारगरी शनिबार इजिप्टबाट मुम्बईका लागि पठाइने छ भने उनको उपचार मुम्बई कै सैकी अस्पतालमा हुनेछ । अतीलाई भारत ल्याउने प्रबन्ध मिलाउन इजिप्टका चिकिस्तकहरुको टोलीले विगत १० दिनदेखि कार्यरत थिए । 

अब्देल अतीकी बहिनी विश्वकै सबैभन्दा बढी तौल भएकी आफ्नी दिदीलाई उपचारको आवश्यकता देखिएको भन्दै सन् २०१६ को अक्टोबारमा पहल गरेपछि भारतीय उक्त अस्पतालले उपचार सम्भव भएको भन्दै उपचारका लागि इच्छा प्रकट गरेको थियो । 

तर उनलाई इजिप्टदेखि भारतसम्म विमानमा ल्याउन स्वास्थ्यका दृष्टिकोणले सम्भव नभएको भन्दै विमान कम्पनीले अस्वीकार गर्दै आएको बताइएको छ । यस बाहेक इजिप्टबाट भारत उपचारका लागि ल्याउने विषयमा अतीलाई भिषा पनि मिलेको थिएन ।

अब्देल अति सानो छँदा भएको स्वास्थ्य परीक्षणमा हात्तीपाइले रोगको सङ्क्रमण पाइएको थियो । यसबारे भारतीय चिकित्सक लाकदावालाले समाचार पढेपछि आफूले अब्देल अतिको निशुल्क उपचार गर्ने बताएका थिए । 

सुरुमा खुट्टाको आकार असाधारण रुपमा ठूलो देखिएको तर समयसँगै शरीरका अन्य भाग पनि सुनिएर ठूलो भएको उनकी बहिनीले बताइन । 

बिरामी भएको केही वर्षपछि अतीलाई मस्तिष्कघातसमेत भएको बताइन्छ । यसपछि उनी ओछ्यानमा परेकी र पछि मधुमेह, उच्च रक्तचापलगायतका समस्याबाट ग्रसित छिन । अती विगत २५ वर्षयता घरबाट बाहिर निस्कन सकेकी छैनन् ।

अब्देल अती ११ बर्ष हुँदाको तस्विर जति बेला उनी आफ्नी आमा र बहिनी जसरी नै काम गर्न, शौचालय जान, सहजरुपमा खानपिन गर्न सक्दिन । 

भारतीय विदेशमन्त्री सुश्मा स्वराजले ट्वीट गर्दै अब्देल अतीको बारेमा आफूलाई जानकारी भएको र उनको उपचारमा सक्दो सहयोग गर्ने बताएकी छन् । 

Advertisement

Advertisement