ऋण लिएर संघीयता धान्ने कुरा नगर सरकार, देश टाट पल्टिन्छः अर्थविद् दाहाल

Advertisement

काठमाडौं । अर्थविद् प्राडा मदन दाहालले विदेशीसँग लिएर लिएर संघीयता धान्ने कुरा नगर्न सरकारलाई सचेत गराएका छन् । संघीयता कार्यान्वयन गर्न नसकेपछि सरकारले विश्व बैंक गुहारेका समाचारहरु बाहिरिरहेको बेला दाहालले सामाजिक सञ्जालमार्फत सरकारलाई सचेत गराएका हुन ।

अर्थविद् दाहाल भन्छन्– संघीयता ऋण लिएर धान्ने हो भने हामी ऋणको पासो (डेब्ट ट्राप)मा पर्ने छौं । अर्थतन्त्र टाट पल्टिन सक्छ । अस्मिता जोखिममा पर्नेछ । आर्थिक सहायता वृद्धि गर्ने विषयमा अहिले अर्थमन्त्री विश्व बैंकको मुख्यालय अमेरिकाको वासिङटन डिसी पुगेका छन् ।

नेपाललाई राजनीति परीक्षण गर्ने प्रयोगशालाको रुपमा प्रयोग गर्दै अधिकार सम्पन्नले राष्ट्रिय स्रोत कब्जा गर्ने अर्थतन्त्रको विकास भयो भन्दै अर्थविद् दाहालले चिन्ता पनि व्यक्त गरेका छन् । उनले विगत दुई दशकदेखि असफल नेतृत्वका कारण राष्ट्रको छवी धुमिल भएको र जनताले दुःख कष्ट व्यहोर्नुपरेको बताएका छन् ।

Advertisement

Advertisement

Advertisement