Advertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार साँझ अध्ययन तथा रोजगारीका लागि विदेश जाने  युवा र  विद्यार्थीको भीड  । तस्बिरः प्रेमनारायण आचार्य /रासस

पर्यटकीय सहर पोखराको फेवा तालमा देखिएको आन्तरिक पर्यटकको भीड । अहिलेको पर्यटकीय याममा पोखरा र आसपासका गन्तव्यमा पर्यटकको आवागमन बढेको छ । तस्बिरः रामबहादुर थापा/रासस

मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर दर्शन गर्न घोडा चढेर जाँदै गरेका भक्तजन । झारकोटदेखि मुक्तिनाथ मन्दिरमा भक्तजनको सुविधाका लागि ९२ वटा घोडा राखिएको छ । एकपटक घोडा चढेको रु ४००।– शुल्क तोकिएको छ । तस्बिरः सन्तोष गौतम/रासस

दोलखा जिल्लाको प्रसिद्ध स्थल शैलुङ डाँडामा निर्माण हुँदै गरेको कालापानी शैलुङ मिनी ग्रेट वाल । करिब ५०० मिटर लामो उक्त वालको रु. छ करोड ७९ लाख ५६ हजार ३८३ लागत अनुमान गरिएकामा रु. चार करोड ९४ लाख १५ हजार ४१८ मा निर्माण हुँदैछ । उक्त ग्रेटवाल शैलुङ डाँडामा आउने आ...

हालै मात्र पश्चिम नेपालको जाजरकोट र रुकुममा गएको भूकम्पमा परी ठूलो जनधनको क्षति भयो । २०७२ सालको भूकम्पलाई मानिसहरुले पूर्णरुपमा बिर्सिन नभ्याउँदै पश्चिम नेपालमा पटक पटक गएका साना ठूला भूकम्पले झन त्रास थपिएको छ ।  २०७२ सालमा गएको भूकम्पबाट क्षति भएका संरचन...

तनहुँको म्याग्दे गाउँपालिका-५ स्थित म्याग्देखोला छेउमा सुशन पौडेलले व्यावसायिक रुपमा गर्नुभएको सयपत्री फूल खेतीमा ढकमक्क फुलेको फूल टिप्दै । तस्बिरः कृष्ण न्यौपाने/रासस सयपत्री फूलको माला  उन्दै  भरतपुर महानगरपालिका-२३ जगतपुरमा बारीमा लगाइएको सयपत्री फूल...

दसैँका लागि देशका विभिन्न ठाउँको सहरमा निकासीका लागि उपल्लो मुुस्ताङबाट कोवाङको बोक्सीखोलामा ल्याइएको च्याङग्राको बथान । दसैँका लागि मुुस्ताङबाट भेडाच्याङग्रा निकासी हुुन थालेको छ । तस्बिरः सन्तोष गौतम/रासस

गण्डकी । शनिबार अपराह्नपख डुङ्गा व्यवसायी शिवप्रसाद पाण्डे बेगनास ताल किनारमा टहलिरहेको भेटिनुभयो । चाडपर्वको याम त्यहीँमाथि बिदाको दिन । ताल छेउछाउ फाट्टफुट्ट मात्र पर्यटक देखेर उहाँ निराश देखिनुहुन्थ्यो । “यो पाली अचम्मै भएको छ, पर्यटक किन आएनन् खै १”,...

भौतिक पूर्वाधार तथा यातायत मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा बुधबारदेखि सञ्चालनमा आएको काठमाडौँ उपत्यका द्रुत बस सेवाका बस । उक्त बस बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह्र ४ देखि ६ बजेसम्म काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सेवा ...

काठमाडौं । भाद्रकृष्ण औँशीका दिन आज राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसर हुँदै बगेको बागमती नदीमा स्नान गर्न जम्मा भएका भक्तजनको भीड । स्नानपछि उक्त मन्दिर परिसरमा बुबा नहुनेहरूले आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने परम्पर...

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं २ काफलडाँडा नजिकै रहेको ‘तीनधारे झरना’ मा मनोरञ्जन लिँदै  आन्तरिक पर्यटक । तस्बिरः पेमा लामा/रासस

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका क्षेत्र अहिले अस्तव्यस्त र अव्यवस्थित छन् । यो अस्तव्यस्ता विगतको अदूरदर्शी र भ्रष्ट राजनीति, स्वार्थी र गैरजिम्मेवार मालपोतका कर्मचारी र भूमाफियाले गर्दा बनेको हो ।  प्रकृतिलाई समेत चुनौति दिनेगरी नदी किनार मात्रै नभएर नदी न...

बंगलादेशबाट चार्टड जहाजमा पहिलो पटक ठूलो सङ्ख्यामा नेपाल भ्रमणमा आएका पर्यटकहरुलाई  शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चे बाजा सहित स्वागत गरिदै । तस्बिरः विमलबहादुर विष्ट/ रासस

चितवनको इच्छाकामना गाँउपालिका–३ फिस्लिङ बजारमा बिक्रीका लागि राखिएको नास्पती । गाँउबाट किसानले ल्याएको नास्पती यहाँ रहेको सङ्कलन केन्द्रबाट अन्य जिल्लामा पठाउने गरिन्छ । तस्विरः कृष्ण आचार्य/रासस

वर्षातपछि मंगलबार खुलेको मौसममा देखिएको पोखरास्थित फेवाताल । तस्बिरः रामबहादुर थापा/रासस

नेपाली एक हजार रुपियाँमा अंकित रहेका जुम्लिया हात्ती मध्येको एक हात्ती चितवनको सौराहास्थित हात्तीसारमा काठको गोला लैजाँदै । तस्बिरः कृष्ण आचार्य/रासस

बाँसका सामग्री बनाउँदै जानकी माध्यामिक विद्यालय पोखरा–१७ का विद्यार्थी । विद्यालयले सञ्चालन गरेको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत उनीहरु बिदाको सदुपयोग गर्दै बाँसका सामग्री बनाउने सीप सिक्ने गरेका छन् । तस्बिरः हरिप्रसाद बास्तोला/ रासस

भारतको जयनगरदेखि जनकपुरधाम, कुर्था हुँदै पहिलो पटक असार ३१ गते आइतबार महोत्तरीको भंगहास्थित बिजलपुरा स्टेसनमा आइपुगेको रेल । तस्बिरः अजयकुमार साह/रासस

साँझ बत्तीको झिलिमिलीमा सजिएको  जनकपुरधामस्थित  जानकी मन्दिर  ।  तस्बिरः अजयकुमार साह/ रासस

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्धारा लुम्बिनी केबलकारको औपचारिक उद्घाटन भएको छ ।  प्रधानमन्त्री दाहालले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेशनमा ताम्रपत्र अनावरण गरि औपचारिक उद्घाटन गरेका हुन् ।  आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केवलका...

घोराही । दाङको घोराही उपमहानगरपालिका–१७ कर्जाहीका किसान बाबुराम चौधरीले एक विघा जमिनमा लगाएको बन्दागोभी बिक्री नहुँदा मारमा परेका छन् ।  तरकारी खेती गर्ने र त्यहीँबाट आएको रकमले घरव्यवहार चलाउने उद्देश्यले व्यावसायिक खेती गर्दै आएका उनको तयारी अवस्था...

दाङको घोराही–१४ स्थित युनिक दिदीबहिनी अल्लो उद्योगमा अल्लोबाट निर्मित सामग्री सिलाउँदै उद्योगका सदस्यहरु । अल्लोको माग बढ्दै गएपछि महिलाहरुले घोराहीमा विभिन्न समूह बनाएर अल्लोको काम गर्दै आएका छन् । तस्बिरः कुलदीप न्यौपाने/रासस

ललितपुरको महालक्ष्मीस्थान चोक आसपासको क्षेत्रमा फुलेको जाकाराण्डा फूल । तस्बिरः हरि परियार/ रासस

बुटवल उपमहानगरपालिका–५ स्थित हाटबजारको सटरमा बेच्नका लागि राखिएको खरबुजा खरिद गर्दै एक महिला ग्राहक । प्रतिकिलो खरबुजा रु ५० मा बिक्री भइरहेको छ । तस्बिरः सुमित्रा अधिकारी/रासस

सुनसरीको इनरुवा–९ मा हार्भेस्टर मेसिनबाट गहुँ काटिँदै । कृषिमा यान्त्रिकीकरणले किसानको समय तथा लागतको बचत गराएको छ । तस्बिरः नवीन गड्तौला/रासस