सातामै लगानीकर्ताको ६७ अर्ब रुपियाँको सम्पत्ति बढ्यो

Advertisement

काठमाडौं । गत साता उत्साह कायम गरेको कारोबार रकम यो साता भने घटेको छ । गत साता रू. ४४ अर्ब ४६ करोड ३९ लाख ८१ हजार बराबरको शेयर कारोबार भएकोमा यो साता रू. ४१ अर्ब ६८ करोड ६४ लाख ३ हजार बराबरको शेयर कारोबार भएको हो ।

कारोबार रकम गत साताभन्दा यो साता रू. २ अर्ब ७७ करोड ७५ लाख ७८ हजार कम भएको छ । गत साता दुई कारोबार दिन कारोबार रकमले ऐतिहासिक रेकर्ड ब्रेक गरेको थियो । यो साता भने चौथो कारोबार दिन रू. ९ अर्ब ५३ करोड भन्दा बढीको शेयर कारोबार भएको छ भने दोस्रो दिन रू. ६ अर्ब ९७ करोडभन्दा बढीको कारोबार भएको छ ।

Advertisement

कारोबारको पहिलो दिन रू. ८ अर्ब ९७ करोडभन्दा बढीको र तेस्रो दिन रू. ८ अर्ब ५९ करोडभन्दा बढीको काराबोर भएको छ । साताको अन्तिम कारोबार दिन सबैभन्दा कम रू. ७ अर्ब ६१ करोड भन्दा बढीको शेयर कारोबार भएको छ । यो साता औषतमा करिब ७ अर्बको शेयर कारोबार भएको छ ।

कारोबार रकम घटेसँगै यो साता कारोबार कित्तामा पनि कमि आएको छ । गत साता ९ करोड ५७ लाख १४ हजार ३३१ कित्ता शेयर कारोबार भएकोमा यो साता ८ करोड ५६ लाख ७४ हजार ७१३ कित्ता शेयर कारोबार भएको हो ।

नेप्से परिसूचक उकालो लागेको साता लगानीकर्ताको सम्पत्ति मूल्य पनि रू।६७ अर्ब ३० करोड ५० लाख १० हजारले बढेको छ । शेयर बजारको कुल पूँजीकरण रकम रू. ३३ खर्ब ३४ अर्ब ६ करोड ३० लाख ३४ हजार कायम भएको हो ।

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement