जापानको फुजी हिमालमा घन्कियो राजु लामाको ‘पर्खाइमा भिज्यो सिरानी’

Advertisement

काठमाडौं । मंगोलियन हार्ट ब्याण्डका चर्चित गायक राजु लामाले जापानको अग्लो ३ हजार ७७६.२४ मिटर उचाइका हिमाल माउन्ट फुजी सफल आरोहण गरेका छन् । 

उनले यसअघि गत जेठ २ गते सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको थिए । जापानमा रहेका लामाले आफू जलवायु संकटविरुद्धको सन्देश दिन माउन्ट फुजी चढेको कर्पोरेट नेपाललाई बताए । गायक लामाले अगस्ट २३ तारिखका दिन बिहान जापान समयअनुसार माउन्ट फुजीको सफल आरोहण गरेको बताए । 

Advertisement

उनले भने, ‘फुजी हिमालको चुचुरोमा पुगेर मंगोलियन हाट ब्यान्डको चर्चित गीत ‘पर्खाइमा भिज्यो सिरानी’ गाए ।’ गायक लामाले फुजी हिमाल आरोहणको अनुभव सुनाउर्दै चुचुरोमा पुग्न आफूलाई सात घण्टा लागेको बताए । फुजीको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा फर्फराएको उनले बताए । उनले भने, ‘चुचुरोमा गीत गाउने क्षण निकै सुन्दर थियो ।’  

यसअघि जलवायु परिवर्तनको असरबारे सन्देश दिन लामाले सगरमाथाको क्याम्प–२ र क्याम्प–३ बीचमा पुगेर एकल कन्सर्ट गरेका थिए । सगरमाथाको आरोहणअघि उनले लोबुचे पिकको सफल आरोहण गरेका थिए ।

Advertisement

Advertisement