राजश्व अनुसन्धान विभागको रिपोर्टको पर्खाइमा छु, रिपोर्ट आएपछि बोल्छुः राकेश अडुकिया

Advertisement

काठमाडौं । पछिल्लो सुन तस्करी प्रकरणमा नाम जोडिएपछि भूमिगत भएका व्यवसायी राकेश अडुकियाले आफू राजश्व अनुसन्धान विभागको छानविन प्रतिवेदनको पखाईमा रहेको बताएका छन् । 

त्रिभुवन विमानस्थलको कडा सुरक्षा र भन्सार जाँचपास छिचोल्दै सय किलोभन्दा धेरै अवैध सुरु विमानस्थल पुगेर राजश्व अनुसन्धानले नियन्त्रणमा लिएपछि विभिन्न व्यक्तिलाई पक्राउ गरी सोधपुछ गर्ने काम भइरहेको छ । सोही क्रममा प्रहरीले अडुकियाको घरमा पनि छापा मारेको थियो । 

Advertisement

उनले कर्पोरेट नेपालसँग कुरा गर्दै आफू अहिले केही नबोल्ने पक्षमा रहेको र राजश्व अनुसन्धान विभागको छानविन प्रतिवेदनको पखाईमा रहेको बताए । अडुकियाले आफूमाथि लागेको आरोपमा सत्यता नरहेको भन्दै आरोप अस्वीकार गरे । 

बिना आधार र प्रमाण आफ्नो नाम मुछिएको अडुकियाको भनाई छ । विभागको प्रतिवेदन आएपछि आफूले सार्वजनिकरुपमा तथ्यहरु बाहिर ल्याउने संकेत गरे । अडुकियाले भने, ‘बाहिर आएका विषय आधारहिन छन् । बिना प्रमाण मेरो नाम जोडिएको छ । मेरो नाममा ‘ट्रायल’ गरिएका छन् । म वास्तविक अनुसन्धान कुरिरहेको छु । रिपोर्ट आएपछि म बोल्छु ।’

सुन प्रकरणको वस्तुस्थितिबारे आफूले नजिकबाट बुझिरहेको बताँदै उनले आफ्नो आधिकारिक धारणा आउन विभागको प्रतिवेदन कुर्ने बताए । अडुकियाले थपे ‘सबैले मलाई सुनको ‘बोस’ भनि व्याख्या गरिरहेका छन् । यो सबै मेरो नाममा गरिएको ‘ट्रायल’ (परीक्षण) हो राजश्व अनुसन्धान विभागले सत्यतथ्य बाहिर ल्याउनेछ । पहिलो चरणमा सबैको प्रतिक्रिया हेरिरहेको छु । बोस भनिएको मैले एकै पटक सबै कुराको उत्तर दिनेछु ।’

हाल कहाँ हुनुहुन्छ ? भन्ने प्रश्न उनले बताउन चाहेनन् । अडुकियाले फरार भएको कुरा पनि अस्वीकार गरे । आफ्नो नाम जोडेर मुख्य अभियुक्तलाई उन्मुक्ति दिन खोजिएको उनको तर्क छ । 

गत साउन १० गते कमलपोखरीस्थित उनको घरमा विभागले छापा मारेको थियो । यद्यपि विभागले भने आधिकारिकरुपमा अडुकियाको घरमा छापा मारेको पुष्टि भने गरेको छैन् । यस प्रकरणमा अर्का व्यवसायी दीपक मल्होत्राको समेत नाम जोडिए पनि उनले सो कुरा अस्वीकार गरिसकेका छन् । 

अडुकिया नेपालमा अमेरिकी बहुचर्चित अटोमोवाइल कम्पनी टेस्लाको आधिकारिक बिक्रेता हुन् । उनको बैंक तथा वित्तीय संस्था र शेयर बजारमा लगानी रहेको छ । अडुकियाले विपी कोइरालाद्धावारा लिखित तीन घुम्ती उपन्यासलाई फिल्म समेत बनाएका थिए । उनी पटक पटक प्रहरी हिरासतमा पुगेका व्यक्ति हुन् । पछिल्लो समय उनी धरौटीमा रिहा भएका थिए ।  

Advertisement

Advertisement