सुन तस्करीमा गृहमन्त्री र अर्थमन्त्रीको संलग्नता रहेको एमाले सांसदको दावी

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का राष्ट्रिय सभाका सांसद कुमार दसौदीले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्री दुवैको संलग्न रहेको आरोप लगाएका छन् । 

उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडानमा सरकार डराइरहेकाले पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री  प्रकाशशरण महतको त्यसमा संलग्न भएको पुष्टि भएको भन्दै उनले आफ्नो पार्टीले पारदर्शी ढंगले राज्य संचालन गर्नका लागि उच्चस्तरीय समिति गठन गरी सो प्रकरणको छानबिन गर्न माग गरे पनि संसद अवरुद्ध पार्ने मनसाय भने नराखेको दावी गरे । 

Advertisement

दसौदीले भने, ‘हाम्रो संसद अवरुद्ध पार्ने कुनै मनसाय छैन् । तर सरकार सुन तस्करी छानबिनका लागि तयार हुनुपर्छ । देश र जनताको हीतका लागि त्यो छानविन समिति आवश्यक छ । हामीलाई यो प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि नै गम्भिर आशंका छ । त्यसैले छानबिन समिति गठन गर्ने माग गर्नु परेको हो । तर, सरकार डराइरहेको छ ।’

उनले राज्यका सुरक्षा निकायको कडा निगरानी राख्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कसरी क्वीन्टलका क्वीन्टल सुन भित्रिएको ? भनि सरकारलाई प्रश्न समेत गरे । 

Advertisement

Advertisement