सुन तस्करी प्रकरणः विदेशबाट आउँदा विमानस्थलमा व्‍यापारी अडुकियाका छोरा पक्राउ

Advertisement

काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोप लागेका व्‍यापारी राकेश अडुकियाका छोरा रोहन अडुकिया त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । उनी भारतीय राहदानी प्रयोग गरेर नेपाल आएको प्रहरीको भनाई छ । 

नयाँ दिल्ली हुँदै काठमाडौं आएका राहनलाई विमानस्थलबाटै पक्राउ गरिएको हो । पक्राउ परेका उनलाई अध्यागमन विभागले राजश्व अनुसन्धान विभागमा बुझाइएको छ । 

Advertisement

त्रिभुवन विमानस्थलबाट बाहिरिएको सय किलोभन्दा धेरै सुन पक्राउ परेपछि यसअघि राजश्व अनुसन्धान विभागले राकेश अडुकियाको घरमा छापा मारी सामानहरु जफत गरेको थियो । अडुकियाले भने आफू सुन तस्करीमा संलग्न नरहेको र जारी अनुसन्धानको निष्कर्ष कस्तो आउँछ ? कुरेर बसेको बताएका छन् । 

अहिले राकेश अडुकिया फरार छन् । उनी भारतमा हुनसक्ने अनुमान गरिएको छ । सरकारी अभिलेखअनुसार रोहन नेपाली नागरिक हुन् । तर भारतीय राहदानी प्रयोगबाट उनी दोहोरो मुद्दामा फँस्ने संभावना देखिएको छ । 

पछिल्लो सुन तस्करी प्रकरणमा संलग्न दुई चिनियाँ नागरिक पनि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । हिमालय एयरलाइन्सबाट चीन भाग्न लागेका ली जियालिन र लिउ फुयानलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले आज बिहान नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएको थियो ।

Advertisement

Advertisement