राकेश अडुकियाका छोरा र चिनियाँहरु रिहा, चर्को दबाब आएको हुनसक्ने आशंका

Advertisement

काठमाडौं । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यवसायी राकेश अडुकियाको छोरा र दुई चिनियाँ नागरिकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छोडिदिएको छ । 

राजश्व अनुसन्धान विभागले गरेको पत्राचारका आधारमा अध्यागमन विभागको कालोसूचीमा परेका दुई जना चिनियाँ नागरिक र व्यवसायी राकेश अडुकियाका छोरा रोहन थुनामुक्त भएका हुन् ।

Advertisement

उनीहरुलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । निकै चासो र चर्चाको विषय बनेको सय किलोभन्दा बढी अवैध सुन तस्करी प्रकरणमा कनेक्सन रहेको देखिएपछि पक्राउ परेकाहरुलाई एकाएक रिहा गर्नु निकै अर्थपूर्ण देखिन्छ । उनीहरुलाई रिहा गर्न सरकार र प्रहरीलाई ठूलो दबाब परेको सहजै अनुमान गर्न सकिन्छ । 

प्रहरीले यसअघि राकेश अडुकियाको घरमा छापा मारे पनि उनलाई भने फेला पार्न सकेको छैन् । अहिले उनी भूमिगत छन् । राजश्व अनुसन्धान विभागले कालोसूचीमा राख्न गरेको सिफारिसका आधारमा अध्यागमन विभागले दुई चिनियाँ नागरिक ली जिएलिन र लुई फुयान हिमालयन एयरलाइन्सको जहाजबाट चीन जान लागेको बेला त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको दिनमै रोहन अडुकिया दिल्लाबाट आउँदाआउँदै पक्राउ परेका थिए । 

पक्राउ परेका उनीहरुलाई सीईबीको जिम्मा लगाइएको थियो । केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार अनुसन्धानका क्रममा उनीहरुलाई अहिल्यै थुनामा राख्नुपर्ने कारण नदेखिएकाले चाहिएका बेला उपस्थित हुनेगरी छाडेको हो । 

दुई पांग्रे सवारी साधनमा प्रयोग हुने ब्रेक शु भनेर ल्याइएको अवैध सुन त्रिभुवन विमानस्थलको कडा सुरक्षा व्यवस्था र भन्सार जाँचपास छलेर बाहिर आएर आएपछि राजश्व अनुसन्धान विभागले गत साउन २ गते पक्राउ गरेको थियो । उक्त ब्रेक सु को तौल १५५ किलो रहेको छ । भन्सार विभागमा गरिएको प्रारम्भिक तौलमा सुन सय किलोभन्दा बढी रहेको अनुमान गरिएको छ । 

Advertisement

Advertisement